तुलसीपुर, असार ८ ।
लुम्बिनी प्रदेश सभाको सोमबार बस्ने तय भएको बैठक बस्न सकेन ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबार दिउँसो १ः०० बजे बस्ने गरी पूर्वनिर्धारित आठौं अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको हो।
सभामुखको निर्देशनमा सोमबारको बैठक स्थगित गरि असार ९ गते मंगलबार दिउँसो ३ः०० बजेका लागि तय गरिएको छ ।
बैठकमा बजेट बारे छलफल हुने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३ /०८४ लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन थियो । जस्मा चालुतर्फ ११ अर्ब ११ करोड, २७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैंयाँ बजेट विनियोजन गरिएको थियो ।
प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
