घोराही, बैशाख २ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा अबदेखि प्रसुति सेवा निशुल्क हुने भएको छ ।
पूर्णरुपमा आमा सुरक्षा कार्यक्रम निशुल्क गरिएको प्रतिष्ठानको उपकुलपति डा। बिकास लामिछानेले जानकारी दिए ।
पूर्ब निर्धारित योजना अनुसार नै अस्पतालमा प्रसुति सेवा निशुल्क गरिएको हो ।
यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम निशुल्क चलेपनि आबश्यक जनशक्तिको अभाबमा १२ बजेपछि अतिरिक्त सेवा बिस्तार योजना अनुसार सुत्केरी हुन आउने महिलाहरुले सेवा लिए बाफत पैसा तिर्नु पर्ने बाध्यता थियो ।
अबदेखि २४सै घन्टा निशुल्क प्रसुति सेवा सुरु भएको लामिछानेले जानकारी दिए ।
सेवाको लागि जनशक्ति थपिने भएको छ । तर, तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरिने भएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
