२०८२ कार्तिक २९ गते शनिवार

समावेसी कुलपुजामा चुल्हे निम्तो

तुलसीपुर, मंसिर २० । तुलसीपुर उपमहानगरपालिका—७ गणेशपुरमा हुने रिजालवन्धुहरुको समावेशि कुलपुजामा चुल्हे निम्तो छ । कुलपुजा मुल व्यवस्थापन समितिले विहिवार गणेशपुरमा पत्रकार सम्मेलन गरी सवैलाइ सहभागि हुन निम्तो दिएको हो ।

प्युठान जिल्लाको साविक लुङ गाविसमा रहेका रिजालवन्धुहरुले मान्दै आएको कुलपुजालाइ बसाइसरााइ संगै त्यहांबाट देवता ल्याएपछि विगत केहि दशकदेखि गणेशपुरमा पनि रिजालवन्धुहरुले समावेशी कुलपुजा गर्दै आएको कुलपुजा महोत्सव मुल समारोह समितिका संयोजक श्यामलाल रिजालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

परापुर्व कालदेखि दैलेखबाट प्युठान जिल्लाको लुङमा आएका रिजाल बन्धुहरुले दाह्रेमष्ट देवताको पुजाआजा सहित कुलपुजा गर्दै आएका थिए । प्युठान जिल्लाको हालको नौबहिनि गाउपालिका लुङमा हरेक पांच बर्षमा कुलपुजा आयोजना हुदै आएको छ ।

दाङको गणेशपुरमा भने पुर्खाहरुले कुलपुजा गर्दै आएको लुङको देवालीको बर्ष वाहेक हरेक एक बर्ष विराएर गणेशपुरमा कुलपुजा गर्दै आएको पत्रकार सम्मेलनमा बताइयो ।

पत्रकार सम्मेलनमा कुलपुजा आयोजक समितिका अर्का अगुवा पोमनारायण रिजालले दाह्रेमष्ट इष्ट देवताले सवैलाइ चाहेको बरदान दिने भएकाले यो कुलपुजा पछिल्लो समयमा रिजाल बन्धुको मात्र नभएर समावेशि कुलपुजाका रुपमा विकशित हुदै आएको छ ।

पत्रकार सम्मेलनमा पुजा व्यवस्थापन समितिका अर्का अगुवा अभिभावक शंकर केसीले पनि समावेशि कुलपुजाको ऐतिहासीक एवं धार्मिक महत्वका विषयमा जानकारी गराएका थिए । कुलपुजामा करीव एक लाख मानिसको सहभागिता हुने रिजाल वन्धुको समावेशि कुलपुजा समारोह समितिका प्रचार प्रसार संयोजक हरी रिजालले बताए । आयोजक समितिले जनाएको छ ।

नेपालभरनै प्रख्यात रिजालवन्धुको समावेशी कुलपुजामा मुलुकभरका रिजालवन्धुहरुको सहभागिता हुने गर्दछ । बैदेशिक रोजगारमा रहेका बन्धुहरु पनि कुलपुजामा संभव भएसम्म सहभागि हुने गरेका छन् । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार कुलपुजा विहिवारदेखिनै सुरु भएको छ ।

विहिवार कुलघरबाट मुख्य देवता, भोकर, खण्टहरु, चौर, आलम, खुडा लगायतका पुजा सामाग्रि वाहिर निकालेर सफा गरिएको छ । यसलाइ देवता वराल्ने दिनका रुपमा लिइन्छ । माथिल्लो तलामा राखिएका देवतालाइ तल्लो तलामा झार्ने र पुजाआजा गर्ने काम मंसीर शुक्ल पन्चमीको दिन आज विहिवारदेखिनै सुरु भएको छ । विहिवार देखि शनीवार सम्म कुलघरमा अखण्ड बत्ति बल्ने छन् । पन्चमी तिथिलाइ देवता ओराल्ने तथा सानो जागनका रुपमा मनाइन्छ । साझ परेपछि धामी काम्ने र इष्ट देवताको पुजाआजा गर्ने गरीन्छ । सप्तमी तिथिको साझलाइ ठुलो जागन भनिन्छ ।

यो साझ टाढाटाढा रहेका रिजाल बन्धुहरु आइपुग्ने र दाह्रेमष्ट देवतासंग वरदान माग्ने र भाकल गर्ने गरीन्छ । अष्टमीको दिन विहान बासको लिंगोमा कपडाको धजाले सजिएको ठुलो आलम कुलघरबाट निकालेर गौरा थानमा लगिन्छ । यसमा पनि बाजागाजा सहित धामी नांच्ने परम्परा छ ।

गौरा पुगेपछि विधिवत रुपमा कुलपुजा सम्पन्न गरेपछि दिउसो बोका वलि दिने र पाहुनाहरुलाइ प्रसादका रुपमा खुवाउने चलन रहेको छ । पत्रकार सम्मेलनको व्यवस्थापन पत्रकार खेमराज रिजाल र सहजीकरण पत्रकार सुदर्शन रिजालले गरेका थिए ।

तस्वीर वालाराम खड्काको मेलबाट आएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *