तुलसीपुर,मंसिर १३ । दाङको तुलसीपुरमा धमाधम नयाँ ब्यबसायहरु सञ्चालनमा आएका छन् ।
ब्यबसाय भन्दा विदेश यात्राको लहर चलिरहेको बेला तुलसीपुर ६ घोराही रोडमा रहेको बजाज सोरुम नजिक बुलेट स्पेयर एण्ड रिपियर हब नयाँ व्यवस्थापन का साथ सञ्चालनमा आएको छ ।
अहिले युवाहरु ब्यबसायमा लगानी सुरक्षित छैन भन्ने मनसायले लगानी गर्न इच्छुक नहुने धेरै छन् यो समयमा हामीले लगानी मैत्री वातावरण बनाउनु पर्छ भन्ने उद्देश्यले बुलेट स्पेयर एण्ड रिपियर हब तुलसीपुर सेवाग्राहीको चाहना अनुरुप सेवा दिन सञ्चालनमा ल्याएको हबका संचालक सुरेन्द्र ओलीले बताए ।
विदेशमा गरिने श्रम आफ्नै भूमि मा गर्छु भन्ने अठोटले यो क्षेत्रमा हात हालेको ओलिको भनाइ छ । करिब १५/२० लाख को लगानीमा हब सञ्चालनमा ल्याइएको जानकारी दिए ।
बुलेट एनफिल्ड र विभिन्न प्रकारका बाइक हरु रिपेयर गरिन्छ ।
हबको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले युवाहरु उद्यमशील बन्नु सुखद पक्ष रहेको बताए ।
निजी क्षेत्रको विकासलाई राज्यको अर्थतन्त्रलाई मदत पुग्ने उनले बताए ।
युवाहरुलाई लगानीको सुरक्षा गर्न सकियो भने बिदेसिने लहर कम हुने केसीले बताए ।