२०८१ जेष्ठ ५ गते शनिवार

सुनको मुल्य घट्याे ,सोमबार कतिमा हुँदै छ कारोबार

काठमाडौं,बैशाख १० । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *