२०८३ असार २७ गते शनिवार

बदेल मार्न थापिएको एम्बुसको गोली लागेर युवकको मृत्यु

वीरगन्ज,बैशाख १ । बारा जिल्लामा जंगली जनावरला मार्न थापिएको एम्बुसको बन्दुकबाट चलेको गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाहा टोलका २८ वर्षिय सागर सिंजाली रहेका छन्।

घटनास्थलमा पुगेका प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका १६ डाकाहा टोल स्थित दुधौरा खोलाको झाडीमा बुधबार राति वन्यजन्तुका शीकारीले बँदेललाई पासोमा पार्न भरुवा बन्दुकको एम्बुस थापेर राखेका थिए।

बुधबार राति दुधौरा खोलामै माछा मारेर फर्कने क्रममा सिंजाली एम्बुसमा परेका थिए। त्यस क्रममा एम्बुसमा राखिएको भरुवा बन्दुक पड्किएर गोली सिंजालीलाई लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका सिंजालीलाई उपचारका लागि वीरगन्जको गण्डक स्थित नारायणी बयोधा अस्पतालमा ल्याइएको थियो।

अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ३ बजेतिर उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि बाराको कलैया स्थित प्रादेशिक अस्पतालमा पठाइएको जानकारी थापाले दिए।

सिंजालीको मृत्यु एम्बुसमा परेर भएको वा अरु कसैले गोली चलाएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको थापाले बताए। घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको र उक्त बन्दुक कसको हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *