काठमाडौं,फागुन १५ । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा पैदल हिड्ने यात्रीलाई समस्या भएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर हिड्ने पैदल यात्रीलाई समस्या भएको हो ।
प्रदर्शनकारीहरुले पैदल हिड्ने वृद्ध–वृद्धा, स्कुल–कलेजका विद्यार्थी र सर्वसाधारणहरुलाई थोरै ठाउँ राखिदिएका छन् ।
एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार