२०८३ असार २७ गते शनिवार

२० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

वीरगन्ज,कात्तिक २३ । वीरगन्जबाट प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवकलाई स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका ५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह हुन्।

साहको साथबाट नगद २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगन्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेका साह सवार ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्दा उनको झोलबाट २० लाख रुपैयाँ बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

साहको साथबाट बरामद रकमको स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको भएको खनालले बताए ।

हुण्डीको रकमसहित पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जानकारी खनालले दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *