२०८२ माघ ३ गते शनिवार

खोप उद्योग स्थापनामा सहजीकरण

काठमाडौं, असोज ८ । खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि व्यवस्था गर्दै नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा कार्यविधि, २०७७ तेस्रो संशोधनसहित ल्याएको छ ।

नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।

साधारण पुनर्कर्जाका लागि विद्युतीय सवारीसाधनका लागि आवश्यक चार्जिङ स्टेसन स्थापनाको लागि प्रवाह भएका कर्जाहरू योग्य मानिनेछन्, कार्यविधिमा उल्लेख छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गरी उद्योग, पेसा, व्यवसायको पुनरुत्थानमा सहयोग पु(याउन पुनर्कर्जामा पहुँच अभिवृद्धि गरी विद्यमान पुनर्कर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्यविधि संशोधन गरिएको जनाइएको छ ।

कृषि तथा उद्योग क्षेत्रको विकासका लागि छुट्याइएको ‘विकास कोष’लगायत अन्य स्रोतबाट प्राप्त रकमलाई पुनर्कर्जाको जोखिम बेहोर्ने कोषका रूपमा उपयोग गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक पर्ने भएकाले पुनर्कर्जा प्रयोजनका लागि प्राप्त हुने कुल स्रोत रकमको अधिकतम ४।१२ गुणासम्म, दुुई खर्ब १२ अर्ब ८८ करोड ननाघ्ने गरी, बैङ्कले पुनर्कर्जा प्रदान गर्नसक्ने गरी सीमा तोकिएको छ ।

कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध स्रोतका आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।
बैङ्कमा विद्यमान रहेको विकास कोषको रकम, सञ्चालक समितिले तोकेका बैङ्कका अन्य कोषको रकम, दातृ निकायबाट प्राप्त भई नेपाल सरकारबाट स्वीकृति प्रदान भएको रकम र नेपाल सरकारले प्रदान गरेको रकम पुनर्कर्जाको जोखिम बेहोर्ने कोषको स्रोतका रूपमा रहेको कार्यविधिमा उल्लेख छ ।

ब्रोडब्यान्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेट पहँुच पु(याउने गरी दुर्गम स्थानमा सेवा पु(याउने इन्टरनेट सेवा प्रदायक संस्था, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक र सञ्चार सेवा प्रदायक संस्थाहरू तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनर्कर्जा रहेको कार्यविधिमा उल्लेख छ ।


एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुने र यस्तो कर्जा नवीकरण नहुने कार्यविधिमा उल्लेख छ । ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैङ्कले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई र निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनासमेत रहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *