२०८१ भाद्र २८ गते शुक्रवार

डब्लुडब्लु जे दाङद्वारा सल्लाहकार समिति गठन


तुलसीपुर,माघ ३ । क्रियाशील पत्रकार महिला डव्लुडव्लुजे दाङले सल्लाहाकार समिति गठन गरेको छ । शनिवार घोराहीमा बसेको बैठकले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

सल्लाकार समितिमा डव्लुडव्लुजेका संस्थापक बसुन्धरा गौतम, प्रदेश संयोजक लिला शाह, पूर्व अध्यक्षहरु रञ्जीता शर्मा, सन्ध्या रेग्मी, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक शुलोचना गौतम, नयाँ युगवोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्य रहेका छन् ।

क्रियाशील पत्रकार महिला डव्लुडव्लुजे दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षता तथा क्रियाशील पत्रकार महिला डव्लुडव्लुजेका प्रदेश संयोजक लिला शाहको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । बैठकले प्रत्येक महिना पालिकास्तरमा विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ। कार्यक्रमको सहजीकरण सचिव शर्मीला डिसीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *