सार्वभौमसत्ता र नागरिकको रक्षा सरकारको पहिलो काम भएको उनको भनाइ थियो। ‘सरकारको पहिलो काम भनेको देशको सार्वभौमसत्ताको रक्षा हो। भौगोलिक अखण्डताको रक्षा हो र सीमाको रक्षा हो। त्यसपछि नागरिकको सुरक्षा हो’, उनले भने, ‘यो काम हुन सक्दैन भने सरकार हुनु र नहुनुको केही अर्थ हुँदैन। त्यसैले हामीले नजिकबाट त्यस्ता घटनाहरुलाई नियालिरहेका छौं।’
नेपालको, भारत र चीनसँगको सम्बन्धबारे स्पष्ट पार्दै उनले भने, ‘भारत, चीन र अमेरिकासँगका सम्बन्धका आ–आफना आयामहरु छन। भारतसँग हामी भूगोल, संस्कृति र धेरै कुराहरुले जोडिएका छौं।’
चीन सधैँ नेपालको विश्वास पात्र रहँदै आएको उनले बताए। भारत निर्भरताको कारण उल्लेख गर्दै उनले भने, ‘भूगोलका कारणले चीनबाट हामीले जती फाइदा लिनुपर्ने हो त्यती फाइदा लिन पाइरहेका छैनौं। अमेरिका अली टाढा छ।’
प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार