दाङ, असार ३२ ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसका पाँच जना र नेपाली कम्युनिष्ट पार्टीका १० जना गरि कुल १५ जना सांसदहरूले मुख्यमन्त्री कँडेलका विरूद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता गरेका थिए । यो संख्या बहुमतका लागि प्रयाप्त छ । कर्णाली प्रदेश सभा ४० सदस्यीय छ ।
काँग्रेस र नेकपाले मिलेर कांग्रेस संसदीय दल नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताब गरेको बताएका छन् ।
बुधबार मात्रै कांग्रेसका ४ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए । जस्ले गर्दा एमाले नेता तथा मुख्यमन्त्री कडेलको सत्ता धर्मराएको थियो ।
प्रकाशित मिति : २०८३ असार ३२ गते बिहिवार
