
दाङ, साउन १ ।
नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाह विरूद्ध उजुरी दिएका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
शर्माले आफूमाथि कुटपिट भएको भन्दै सांसद शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहविरूद्ध उजुरी दिएपछि प्रहरीले अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएको थियो । त्यसपछि शाहद्धय सम्पर्कविहीन छन् ।
उनीहरुका बिरुद्ध उजुरी गर्ने शर्मापनि शुक्रबार बिहानदेखि सम्पर्कविहिन छन् । त्यसैले प्रहरीले शर्माका विरूद्ध पनि जिल्ला अदालत बाट पक्राउ पुर्जी लिइएको जनाएको छ ।
मुद्दा फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बmुभाइयो
शाह द्धयका बिरुद्ध दर्ता मुद्दा फिर्ता लिन माग गर्दै शाहका समर्थकहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममालाई शुक्रबार ज्ञापन पत्र बुझाएका छन् ।
मुद्दा तत्काल फिर्ता लिन, निर्दौष व्यक्तिमाथि धरपकड नगर्न तथा निष्पक्ष अनुसन्धान गर्न प्रशासनसँग माग गरिएको छ। मुद्दा फिर्ता नलिए वा धरपकडको प्रक्रिया अघि बढाइए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
घटनासँग सम्बन्धित सीताराम शर्मा (रितेश शर्मा) स्वयंले अदालत र जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफू डिप्रेसनको औषधि सेवन गरिरहेको उल्लेख गरेको तथा त्यसकै आधारमा काल्पनिक घटना देखाएर राजनीतिक स्वार्थपूर्तिका लागि मुद्दा अघि बढाइएको दाबी गरिएको छ।
ज्ञापन पत्रमा असार २८ गते भएको घटनाको वास्तविकता बुझ्न शाह द्धय गएको र केही व्यक्तिले त्यसैलाई राजनीतिक प्रतिशोधको माध्यम बनाएको उल्लेख छ ।
सांसद शाह गत निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित ब्यक्ति हुन ।
