
तुलसीपुर, साउन ६ ।
निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना महासंघको केन्द्रीय सल्लाहकारमा चयन गरिएका छन् ।
बुधबार घोराहीमा नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको छैटौं साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनको क्रममा महासंघको केन्द्रीय सल्लाहकारमा रानालाई चयन गरिएको प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथित तथा महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त (मुकेश) ले महासंघका लुम्बिनी प्रदेश अध्यक्ष रानालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको प्रमाण प्रत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
महासंघको लुम्बिनी प्रदेश नयाँ नेतृत्व बिहीबार चयन हुँदै छ ।
प्रकाशित मिति : २०८३ साउन ६ गते बुधवार
