तुलसीपुर, पुस १८ । तुलसीपुरमा सातौं राष्ट्रिय रेफ्री सेमिनार हुने भएको छ । नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशको आयोजनामा पुस २५ गतेदेखि २७ गतेसम्म राष्ट्रिय रेफ्री सेमिनार आयोजना गरिएको नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पदम बस्नेतले फरककोणलाई बताए ।
राष्ट्रिय रेफ्री सेमिनआर, रिफ्रेसर तालिम र कोच एग्रीग्रेसन लागि तालिमको आयोजना गरिएको महासंघका प्रदेश अध्यक्ष बस्नेतले बताए । राष्ट्रिय रेफ्री सेमिनआर पछि नेपाली काँग्रेसका स्वर्गिय कृष्णप्रशाद भट्टराइको स्मृतिमा प्रदेशस्तरिय कराँते प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता घोराही रोड, गुल्म चोकदेखि पाँचसय मिटर दक्षिण तर्फको तुलसीपुर – ६ स्थित इन्द्रनगर टोलेको कभर्ड हलमा हुने भएको छ ।
तुलसीपुरमा कराँतेको राष्ट्रिय रेफ्री सेमिनआर र कुष्णप्रशाद भट्टराईको प्रदेशस्तरिय स्मृति प्रतियोगिता हुन थालेकोमा खेल प्रेमी तथा कराँतेका खेलाडी उत्साहित भएको कराँतेका खेलाडी वशन्त गिरीले बताए ।
राष्ट्रिय रेफ्री सेमिनआर र कुष्णप्रशाद भट्टराईको प्रदेशस्तरिय स्मृति प्रतियोगिता सफल पार्न कराँतेका सबै खेलाडी, पूर्व खेलाडीदेखि आम खेलप्रेमीहरु लाग्न जरुरी रहेको कराँतेका पूर्व प्रशिक्षकसमेत रहेका गिरीले बताए ।