२०८३ साउन २२ गते शुक्रवार

नेपाली काग्रेसको क्यालिफोर्निया – दाङ सम्पर्क समिति गठन, डिल्लीराज रेग्मी अध्यक्ष


दाङ, साउन २२ ।


नेपाली काँग्रेसको अमेरिकास्थित क्यालिफोर्निया – दाङ सम्पर्क समिति गठन गरेको छ ।

काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीको आथित्यता र दाङ तुलसीपुर घर भइ अमेरिकामा बस्दै आएका बेगमबहादुर हमाल (सुरेश) को अध्यक्षतामा बिहीबार भएको भेलाले डिल्लीराज रेग्मीको अध्यक्षतामा क्यालिफोर्निया– दाङ सम्पर्क समिति गठन गरेको हो ।
जस्को उपाध्यक्षमा सुनिल अधिकारी, सचिबमा रबिन भण्डारी, कोषाध्यक्षमा देबबहादुर वली, सह– सचिबमा धुर्व बिश्वकर्मा छन् ।
त्यस्तै समितिको सदस्यहरुमा गिरिराज बुढाथोकी, दुर्गा घर्ती, शंकर खड्का, जितबहादुर सुनार, कुशल राणा, सन्तोष गिरी र दिपक केसी रहेका छन् ।
समितिको सह–कोषाध्यक्ष र केही सदस्य भविश्यमा थप गर्ने गरि १५ सदस्सीय कार्य समिति चयन गरिएको छ ।


क्यालिफोर्नियाको भेलालाई सम्बोधन गर्दै दाङका सभापति डाँगीले प्रजातन्त्र बिना ब्यक्तिका वाक स्वतन्त्रता र मानव अधिकार अपहरणमा पर्ने बताए । उनले बिश्व जगतलाई तानाशाह र अपराधको चक्रब्यूहुबाट जोगाउन सम्मुनत लोकतन्त्र आजको अपरिहार्य आवश्यकता भएको दाबी गरे । साथै उनले जहाँ रहेपनि सतकर्म गर्न तथा लोकतन्त्रका पक्षमा आँफुलाई समर्पित गरि प्रगतिका ढोकाहरु खोल्न आग्रह गरेका थिए ।
यसअघि हाल अमेरिकाको भ्रमणमा रहेका काँग्रेस दाङका सभापति डाँगीको उपस्थितिमा न्यूयोर्कमा पनि यस्तै समिति गठन गरिएको त्यहाँबाट पत्रकार सन्तोष शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *