
दाङ, साउन २१ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अबको पाँच दिन पछि अर्थात साउन २६ गते स्वदेश फर्कने भएका छन् ।
देउवा २६ गते बेलुका हङकङबाट स्वदेश फर्कन लागेको नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेसका तत्कालिन सभापति देउवा फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन भन्दा अघि नै उपचारका लागि भनेर सिंगापुर गएका थिए । उनी त्यहाँबाट थप उपचारका लागि हङकङ गएका थिए ।
देउवासहित उनकी श्रीमति तथा तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु राण देउवा दम्पतीमाथि भदौ २४ गते जेन्जी आन्दोलनका नाममा उनीहरुको बूढानीलकण्ठस्थित निवासमा गम्भीर आक्रमण भएको थियो । उनको निवासपनि आन्दोलन कारीले आगो लगाएर ध्वस्त पारि दिएका थिए ।
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
