२०८३ भाद्र १० गते बुधवार

२ सम्मपनि फेला परेनन्, बगेर बेपत्ता बोलेर चालक

दाङ , भदौ १० ।


अटो चालकलाई खोला तार्दा एक जना बोलेरो चालक बगेर बेपत्ता भएका छन् ।
दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका –५ कट्टीका २८ बर्षीय टंक मगर जिल्लाको नारायण नगरपालिका – ११ स्थित मध्य पहाडी सडक अन्तर्गत बिस्नेचौर खोलामा आएको बाढीमा बगेर दुई दिनदेखि बेपत्ता छन् ।

जिल्ला प्रबक्ता प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार बेपत्ता मगर क.प्र.०२–००१ च ०९०७ नम्बरको पिकअप डबल क्याप चालक हुन ।
भदौ ८ गते राति पौने १० बजेतिर जिल्लाको नारायण नगरपालिका – ११ स्थित मध्य पहाडी सडक अन्तर्गत बिस्नेचौर खोलामा बाढी आएको थियो ।
क.प्र.०२–००१ ह १७४८ नम्बरको अटो र त्यसका चालक भगवतिमाई – ५ कट्टीका ३० बर्षीय कमल नेपाली रोकिएका थिए । अटो चालक नेपाली दैलेख बजारदेखि आफ्नो घर भगवतीमाईको कट्टी तर्फ जाँदै थिए ।
प्रहरीका अनुसार बिस्नेचौर खोलामा चिनजानका अटो चालक नेपाली बाढीका कारण रोकिएको देखेपछि आफ्नो गाडीसहित मगरले पहिला एक्लै खोला पार गरेका थिए । मगर आँफु गाडी लगेर पल्ला पट्टी पुगेर गाडी रोकेर नेपालीलाई खोला तार्न सहयोग गर्ने उदेश्यले फेरि खोला तरेर वल्लो पट्टी आएका थिए ।
त्यसपूर्व नेपालीको अटो बाढीले बगाउन थालेपछि वल्लो डिलमै उनी हाम फालेर जोगिएको बयान गरेका छन् । त्यही भएर अटो भने वल्लो डिलमै थियो ।
बोलेरो चालक मगर पल्लो पट्टी गाडी रोकेर फेरि चिनजानका अटो चालकलाई खोला तार्ने सहयोग गर्ने उदेश्यले आँफै खोला तरी वल्ली पट्टी आएका हुन्छन् । मगर नेपाली बीचमा सल्लाह हुन्छ । पहिला नेपालीले खोला तर्ने र त्यसपछि पल्लो पट्टी बाट नेपालीले खोलामा लाइट बाल्ने र मगरले खोला तर्ने ।
तर, नेपाली खोला तरेर पल्लो पट्टी पुगेर फर्केर हेर्दा आँफुले पल्लो डिलको अटो र मगर दुबैलाई नदेखेको बयान नेपालीले प्रहरी समक्ष गरेका छन् ।
एक्कासी ठूलो भेल बाढी आएको हुन सक्ने र त्यसले अटो संगै मगरलाई पनि बगाएर बेपत्ता पारेको अनुमान गरिएको छ ।
बाढीले बगाएको अटो सडक भन्दा १० मिटर मुनी खोलामा फेला परेको छ । तर हालसम्म मगर भने फेला परेका छैनन् । बेपत्ता मगरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *