सुरक्षाकर्मी र ठूलो संख्यामा जलबिद्युतका कर्मचारीपनि बेपत्ता

दाङ, भदौ १० ।
रसुवा बाढीमा परेर ९५ जति मानिसको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार बुधबार बेलुकीसम्म ९५ जनाको शव फेला परेको हो । २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
रसुवामा १ जना पुरुष , नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जना, धादिङमा ११ महिला, ५ पुरुष, २ पहिचान नखुलेको गरी १८ जनाको शव फेला परेका हुन ।
गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना पहिचान नखुलेका शव फेला परेका छन् । त्यस्तै चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना पहिचान नखुलेका शव फेला परेका छन् । त्यस्तै तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको र नवलपरासी पूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
बाढीमा परि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका मानिसहरु पनि बेत्तपा छन् ।
नेपाल विद्युत प्राधिकरणले बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन बनेको जनाएको छ । त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्क बिहीन छन् ।
त्यस्तै त्रिशूली २२० केभी ३ बी हबमा कन्ट्रयाक्टरको तर्फबाट कार्यरत रहेका १६ जना र रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न कन्ट्र्याक्टरका तर्फबाट मर्मतसम्भार तथा निर्माणमा कार्यरत ९२ जना पनि सम्पर्कविहीन छन् ।
त्यस्तै चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्टका ६ जना र आवास क्षेत्र वरपर रहेको एक जना सम्पर्क बिहिन छन् ।
चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधीन त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जनापनि सम्पर्क बिहिन छन् ।
त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदारपनि सम्पर्कमा छैनन् ।
प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत केन्द्रमा कार्यरत थप १ १ जना कर्मचारीपनि सम्पर्क बिहीन छन् ।
रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा काम गर्ने एक जना र त्यही वितरण केन्द्रको गोटागन्ती मिटर रिडर पनि सम्पर्कमा छैनन् ।