२०८३ साउन २५ गते सोमवार

एम्बुलेन्स चालक संघको जिल्ला अधिवेशन तुलसीपुरमा हुने

तुलसीपुर, साउन २५ ।


संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल दाङ शाखाको जिल्ला अधिवेशन तुलसीपुरमा हुने भएको छ ।


कार्यक्रम संयोजक सुवाश रिजालका अनुसार साउन ३० गते बिहान साढे ९ बजेपछि तुलसीपुरस्थित मेट्रो दरबारमा शाखाको छैठौं जिल्ला अधिबेशन तथा १० औं बार्षिक साधारण सभा सुरु हुने छ । अधिबेशनलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे आउने आयोजकले जानकारी दिएको छ ।


जिल्ला अधिबेशनले दुई बर्ष कार्यकालको लागि संघको नयाँ नेतृत्व चयन गर्ने छ । सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास रहने संयोजक रिजालले बताए ।
जिल्लामा २०७१ सालमा एम्बुलेन्स चालकको स्वतन्त्र ट्रेड युनियन संघ गठन भएको थियो । पहिलो जिल्ला शाखा अध्यक्ष घोराहीका कमानसिंह पुन हुन ।
हाल लमहीका देवराज चौधरी संघको जिल्ला अध्यक्ष छन् । संघको कार्यसमिति १३ सदस्सीय हुन्छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *