२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरका १० जना रसुवा र नुवाकोटको भीषण बाढीमा परिबेपत्ता (नामसहित)

दाङ, भदौ १० ।
तुलसीपुरका दश जना मानिस बुधबार बिहानको भीषण बाढीमा परि बेपत्ता भएका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी पहिरोमा परि हालसम्म रसुवा तथा नुवाकोटमा कार्यरत दाङ तुलसीपुरका दश जना बेपत्ता रहेको भन्ने खबर आफन्तले गरेको दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बताए ।
दाङबाट रोजगारी र कामको शिलशिलामा रसुवा र नुवाकोटमा बस्दै आएकाहरु बिहान भोटे कोशीमा आएको भीषण बाढीमा परि बेपत्ता भएको तथा खोजीमा सहयोग गर्न याचनासहित आफन्तले आग्रह गरि रहेका प्रजिअ पाण्डेले बताए ।
दाङबाट ती जिल्लहरुमा रोजगारीको शिलशिलामा पुगेका केही स्वास्थ्यकर्मी र कोही हाइड्रोमा काम गर्नेहरु परेको भन्ने कुरा आफन्तले जानकारी दिएको पाण्डेले बताए ।
बेपत्ता ब्यक्तिका आफन्तहरुले प्रशानलाई टिपाएका नाम र बिवरण अनुसार बेपत्ता १० जनाको नाम स्थानीय प्रशासनले सार्वजनिक गरेको छ ।
१– कोपिला केसी। ( दाङ तुलसीपुर उपमहानगरपालिका – हाल स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा)
२– खम्बु बोहोरा (दाङ तुलसीपुर–हाल – स्यार्पुबेसी स्वास्थ्य चौकी, रसुवा )
३– शिव शंकर जोशी (दाङ तुलसीपुर – हाल– मैलुङ हाइड्रो पावर, रसुवा)
४– प्रमिला बुढाथोकी (सल्यान पुर्खेउली घर भइ हाल दाङ तुलसीपुर –९ बसोबास गर्ने र हाल– टिमुरे हाइड्रो पावर, रसुवा )
५– शोभाराम योगी (दाङ तुलसीपुर – हाल – फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
६– लालबहादुर रोका ( दाङ तुलसीपुर – १३, डाँडागाउँ / दमारगाउँ, हाल –फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट )
७– गोपीलाल रोका ( दाङ तुलसीपुर –१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
८– नारायण अधिकारी (दाङ तुलसीपुर–१३, डाँडागाउँ / दमारगाउँ, हाल– फेवा हाइड्रो पावरको सुरुङ, नुवाकोट)
९– धुर्बबहादुर बुढा मगर ( पुर्खेउली घर रोल्पा – हाल दाङ तुलसीपुर –६, ठेक्कापट्टा गर्ने तथा कामको शिलशिलामा रसुवा र नुवाकोट गएका)
१०– पूर्णबहादुर बस्नेत –४६ बर्ष ( दाङ तुलसीपुर –९, दोघरे, हाल – रसुवा)
हालसम्म बेपत्ताहरु कसैको पनि स्थिति थाहाँ हुन नसकेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *