२०८३ भाद्र ८ गते सोमवार

बिनिल केसीले सडक सुरक्षाका निम्ति गरेको एउटा अशल काम

डिभाइडर खरिद गर्न जुटाए १ लाख ५२ हजार


तुलसीपुर, भदौ ८ ।


राप्ती राजमार्ग अन्तगर्त तुलसीपुर – ६ गुम्ह्राचोक र मदन आश्रति चोकको बीचमा गते सोमबार बिहान रोड २२ जोडी रोड डिभाइडर राखिएको छ । प्रहरीका अनुसार मंगलबार थप १० जोडी त्यस्ता डिभाइडरहरु सडकमा राखिने छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार यी सोमबार स्थापना गरिएका २२ जोडी डिभाइडर खरिदका लागि राप्ती बबई क्याम्पसबाट साढे ६८ हजार र तुलसीपुर उद्योग बाणिज्य संघ बाट ८३ हजार ४०० रुपैंयाँ प्रदान गरिएको थियो । क्याम्पस र बाणिज्य संघको १ लाख ५१ हजार ९०० बाट प्रति सेट (जोडी) डिभाइडरको ६ हजार ९०० सय ५० का दरले काठमाडौंबाट खरिद गरि ल्याइएको डिएसपी पराजुलीले बताए ।


बाणिज्य संघका अध्यक्ष केसी क्याम्पस संचालक समितिका कोषाध्यक्षपनि हुन । साउन २१ गते सोही स्थानमा भएको सवारी दुर्घटनामा क्याम्पसकी एक छात्रा कल्पना केसी डाँगीले ज्यान गुमाएकी थिइन । क्याम्पस संचालक समितिका कोषाध्यक्ष केसीले तुलसीपुरको एउटा अग्रनी सामुदायिक शैक्षिक संस्था हुनुको नाताले समाजमा थप अरु दुर्घटना हुन नदिनका लागि क्याम्पसमा छलफल चलाएका थिए । कोषाध्यक्ष केसीले सामाजिक उत्तरदायित्व अन्तगर्तत गुम्ह्राचोक र मदन आश्रति चोकको बीचमा रोड डिभाइडर अति आवश्यक रहेको भन्दै क्याम्पसले आर्थिक साहेता प्रदान गर्नुपर्ने राय राखेका थिए । त्यसलाई क्याम्पस प्रशासनले सकारात्मक रुपमा ग्रहण गरि आर्थिक साहेता प्रदान गरेको थियो ।
क्याम्पस भन्दा पहिलै तुलसीपुर क्षेत्रका ब्यापारीहरुको साझा संस्थाको नेतृत्व कर्ताको हैसियतले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिलले आफ्नो कार्यसमितिका पदाधिकारीलाई आपसमा आर्थिक साहेता संकलन गरि प्रदान गर्ने बारे छलफल गरेका थिए । समाज हितका लागि भएको अध्यक्ष केसीको कुरा सबैले आत्साथ गरी आपसमा रकम संकलन गरि प्रहरीलाई प्रदान गरिएको थियो ।

डिएसपी पराजुलीका अनुसार तुलसीपुरकै अर्कौ एउटा समाजिक संस्था ‘राप्ती परोपकार संघ तुलसीपुर’का तर्फबाट थप ५० हजार आर्थिक साहेता प्राप्त भएको थियो । जस्को नेतृत्व सुरेश हमालले गर्दै आएका छन् । हमाल नेपाली काँग्रेस तुलसीपुर नगर सभापति र त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्षपनि हुन । केसीपनि हमाल नेतृत्वको काँग्रेस नगरसमितिमा उपसभापति छन् । हमाल र केसीको सक्रियतामा हालसम्म रोडडिभाइडर खरिदका लागि १ लाख ५२ हजार रकम प्राप्त भएको र त्यो रबमबाट ३२ जोडी डिभाइडर खरिद गरि ल्याइएको डिएसपी पराजुलीले बताए ।
हमाल नेतृत्वको परोपकार संघ बाट प्राप्त ५० हजार रकमबाट थप १० जोडी डिभाइडर खरिद गरि ल्याइ सकिएको र ती मंगलबार बिहान बचेको सोही सडक खण्डमा स्थापना गरिने डिएसपी पराजुलीले बताए । पछिल्लो ५० हजार रकमबाट खरिद गरिएका १० जोडी सडक डिभाइडर भने सोमबार स्थापना गरिएका २२ जोडी डिभाइडर भन्दा केही कम (सस्तो) मूल्यमा खरिद गरि ल्याइएको पनि डिएसपी पराजुलीले बताए ।

सोमबार डिभाइडर स्थापना गरिएको क्षेत्रमा गत साउन २१ गते २१ बर्षीया कल्पना केसी डाँगी र साउन २९ गते ३३ बर्षीय कमलेश चौधरीले यही सडक खण्डको सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए ।
तुलसीपुर – ११ कटाहाँकी कल्पना राप्ती बबई क्याम्पसमा ब्यबस्थापन संकायको स्नातक तह दृतिय बर्षमा अध्यनरत थिइन भने तुलसीपुर – १४ ड्वाँपुरका कमलेश नेट कम्पनी ‘वल्र्ड लिंक कम्युनिकेसन’ का कर्मचारी थिए । यी दुबै दुर्घटनाहरु बिहान साढे १० देखि दिउँसो साढे १२ बजेको सेरोफेरोमा भएका थिए ।
राप्ती राजमार्ग अन्तगर्त तुलसीपुर – ६ गुम्ह्राचोक र मदन आश्रति चोकको बीचमा ८ दिनको अन्तरालमा भएका यी दुई दुर्घटना पछि दुर्घटना स्थलको सडक सुरक्षा मापदण्ड बारे फरककोणले पनि प्रश्नहरु उठाएको थियो ।
त्यहाँ सडकमा कुनै लेन नछुट्ट्याइएको तथा कुनैपनि आवश्यक ट्राफिक संकेत वा चिह्नहरू नराखिनुपनि बारम्बार एकै सथनमा दुर्घटन घट्नुको मूख्य कारण हुन सक्ने कुरा औंल्याइएको थियो । त्यसपछि राज्यले गर्नुपर्ने काम तुलसीपुर क्षेत्रका सामाजिक संघ संस्थाहरुले मिलेर सडक दुर्घटना न्यूनिकरणका लागि पहल कदमी लिएका हुन ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *