फरककोण संबादाता, कोटमौला, पुस १५ । सल्यानको बागचौर नगरपालिका – ८ कोटमौलाका ६२ बर्षीय कृष्णबहादुर चन्दको बगैचामा पाँच सय बोटहरु छन् । झन्डै १२ रोपनी जग्गामा सुन्तलाको बगैचा छ ।
अधिकाँस बोटहरुमा सुन्तला लटरम्म फलेको छ ।
चन्दको घर नजिकै अर्कौै बगैचा पनि छ । बिगत २५ ÷ २६ बर्षदेखि कृष्ण्बहादुरको घरमा सुन्तलाका बोटहरु थिए । तर, त्यतिखेर ब्यबसायका लागि भन्दापनि घर परिवारको खफत र जिल्ला बाहिरका आफन्तलाई कोसेलीका रुपमा पठाउनका लागि मात्रै हुन्थे । मोटरबाटो पुगेपछि कोटमौलाको सुन्तालाले मूल्य पाउन थाल्यो । त्यसपछि भने यहाँका किसानका दिन फेरिए । परम्परागत रुपमा मकै, कोदोको खेती गर्न छोडे ।
दश प्रन्ध पाथी मकै र कोदो फल्ने ठाउँमा सुन्तलाको खेती गर्दै लाखौंको आम्दानी हुन थालेपछि परम्परागत रुमा मकै, कोदो जस्ता लगाउन छोडेको चन्द बताउँछन् । ‘ पहिले मकै लगाउँदा पुरै जग्गामा आठ दश मुरी मकै फल्थ्यो,’ चन्दले भने ‘ सुन्तलाको ब्यबसायिक खेती गर्न थालेपछि आज हाम्रा दिन फेरिएका छन् । दुई चार बोटको सुन्तला बेचेमा मात्रै आठ मुरी मकैको भन्दा बढी पैंशा पुग्छ ।’
मकै वा कोदो खेती भन्दा सुन्तलाबाट मनग्य आम्दानी हुन थालेपछि चन्दको परिवारले परम्परागत अन्नबालीको खेती पुरै छोेडी सकेको छ । अन्तपात सबै किनेर खान्छन् । दाङबाट चामल लगाएत आवश्यक अन्तपात किनेर खाने गरेको बताए । ‘सबै अन्तपात किन्दा बर्षमा बढीका एक लाख जति खर्च हुन्छ होला,’ चन्दले भने ‘ सुन्तला बिक्रीबाट आएको पैंशा मध्य अरु पाँच सात लाख त चोखै बच्छ ।’
चन्दका तीन छोरा छन् । एक छोरा जना नापी शाखाका जागिर छन् भने अरु दुई छोरा र बुहारी घरमै सुन्तला खेतीमा रमाएका छन् । नाति नतिनासहित परिवारमा नौं, दश जना रहेको र परिवारको प्रमुख आयस्रोत सुन्तला नै भएको उनले बताए । नाति नतिना दाङमा पढ्छन् । उनीहरुको पढाइ खर्चको जोहोपनि सुन्तला बाटै हुँदै आएको छ ।
गाउँ भर नै सुन्तलाको ब्यबसायिक खेती हुन्छ । कम्तिमा तीन लाखदेखि अधिकाँस ४२ लाखसम्म सुन्तला बेच्नेहरु गाउँमा रहेको चन्दले बताए ।
बिगत सात बर्ष यता चन्दको परिवारको आयआर्जनको प्रमुख आयआर्जनको स्रोतन सुन्ताला भन्दा अरु छैन । सात बर्ष यता बर्षेनी चन्द परिवारले पाँचदेखि दश लाख माथिको सुन्तला बेच्दै आएको छ । यो बर्ष उनको बगैचामा थप राम्रो सुन्तला फेलेको छ ।
डेढ सयदेखि दुई सय क्वीन्टलसम्म सुन्तला बिक्री गर्ने र त्यसबाफत १५ लाख बढीको सुन्तला बिक्री हुने चन्दले आशा गरेका छन् । कोटमौलाको सुन्तला माघ महिनासम्म बिक्री भइ सक्छ । यहाँका किसानले फुटकरमा सुन्तला बिक्री गर्दैनन् । एकै पटक कुत्वा (ठेकेदारलाई) बिक्री गर्छन । रुखको संख्या र फलेका दानाका आधारमा दाङ, बुटवल, बाँकेदेखि काठमाडौंसम्मका ब्यापारी आइ ठेक्कामा खरिद गर्छन ।
फुटकर बेचेर साध्य नै नहुने चन्द बताउँछन् । दैनिक साना गाडीको तीन गाडीसम्म सुन्तला पठाउने पर्ने हुँदा फुटकर कहिलै नबेचेको उनले बताए । चन्दका अनुसार प्रतिकेजी बढीमा ९० रुपैयाँसम्म यसअघि उनीहरुले भाउ पाएका छन् ।
सबैभन्दा अभाव सिंचाई गर्न पानीको छ । त्यसपछि बिषादी र औषधि पाउनै मुस्किल रहेको चन्दले बताए । सुन्तलाको बोटमा रोग बढ्दै गएको प्रति उनले चिन्ता जाहेर गरे । अनुदानका नाममा कृषी कार्यालय र पालिकाका मान्छेहरु आएर दुई चार केजी चुुना दिएर जाने गरेको उनले गुनासो गरे । राज्यले सिंचाइ, बिषादी, मलको प्रबन्धका साथै सुन्तलाको मूल्य निर्धारण गरि बिक्रीका लागि ज्ञारेन्टी गरिदिए हुन्थ्यो भन्ने चन्दलाई लाग्छ ।
सोही वडाको केराठाना चैतेगाडा टोलका भुमप्रकाश चन्दको दश रोपनी जति जग्गामा चार सय सुन्तलाका बोटहरु छन् । ती मध्य तीन सय फल्छन् । अरु हुर्कि रहेका छन् । ‘डाँडा बारी सुन्तला बगैचा’ का नामबाट भूमप्रकाशको फर्म दर्ता गरेका छन् । २० बर्षदेखि सुन्तला खेती गर्दै आएका भुमप्रकाशले थप बोटहरु २०६७ सालमा लगाएका थिए । अहिले उनले लिइ रहेको उत्पादन र फाइदा त्यसैको हो । बढी मात्रामा फाइदा लिन थालेको ७ ÷ ८ बर्ष भएको छ ।
भूमप्रकाशको परिवारले पनि पहिला आफ्नो जग्गामा मकै, तोरी, गहुँ, कोदो जस्ता बालीहरु सिजन अनुसार लगाउँथे । दश रोपनी जग्गामा बढी भएको बर्ष १५ हजारसम्मको अन्नबाली उत्पादन हुन्थ्यो । त्यसले खान लाउन र घर गृहस्थि चलाउनै मुस्किल पथ्र्यौ । ‘पहिला अन्न लगाउँदा बाह्र प्रन्ध हजारको मात्रै हुन्थ्यो,’ उनले भने ‘ सुन्तला लगाउन थालेपछि धेरै फाइदा भयो, बर्षेनी आठ दश लाखको हुन्छ ।’
सुन्तला खेती गर्दा सबै खर्च जोड्यो भने बार्षिक दुई ढाइ लाख खर्च हुने भएपनि आठदेखि दश लाखको सुन्तला बिक्री हुने हुँदा अरु जम्मै फाइदा हुने भुमप्रकाशले बताए । ‘ हामीले अन्नबाली लगाउन छोडेको धेरै भयो,’ उनले भने ‘ सुन्तला बाट बढी फाइदा छ । बर्षभर एक लाखको अन्नपात किने सस्तो पुग्छ भने सुन्तला खेतीबाट लाखौं कमाइ हुन्छ ।’
गत साल साढे चार लाखको सुन्ताल बिक्री गरेका भुमप्रकाशको बगैचामा यो बर्ष राम्रो सुन्तला फलेको छ । यो बर्ष आठदेखि दश लाखसम्म कमाइ हुने उनले अनुमान गरेका छन् । पुस १५सम्म बिक्री नगरेका भुमप्रकाश सुन्तलाको भाउ के कति जाने हो ? भन्ने कुरामा फाइदा निर्धारण हुने बताउँछन् ।
भुमप्रकाशको परिवारमा चार जना छन् । मृगौला रोगी श्रीमतिको केही समय पहिला मात्रै मृत्यु भएको भुमप्रकाशले बताए । दुई छोरी मध्य एकको बिवाह भइ सकेको र एउटी छोरीले ब्याचरल पढि रहेकी छन् । छोरा बुहारी नेपालगञ्ज एउटा संस्थामा जागिर खाँदै आएका छन् । भुमप्रकाश आँफै रेखदेख गर्छन । घरमा छँदा छोरीले पनि रेखदेख गर्छिन । काम गर्दा ज्यामी लगाउँछन् । खासगरि गोडमेल र मल हाल्ने समयमा ज्यामी लगाउने गर्छन ।
भुमप्रकाश पनि प्रत्येक बर्ष रोग तथा किराको प्रकोप सुन्तलामा बढ्दै गएको देखेका छन् । जलबायु परिवर्तनको कारण हो वा अन्य कुनै कारणले हो ? के कारणले रोग तथा किराको प्रकोप बढेको हो भन्ने कुरा आँफु लगाएत अन्य स्थानीय कृषकपनि अलमलमा रहेको उनले बताए । पछिल्लो समय उनको बगैचामा पनि रोग बढी देखिन थालेको छ । रुखहरु पँहेलो हुँदै गएको चिन्ता उनले ब्यक्त गरे ।
पालिका, प्रदेश र संघ सरकारले पनि रोग, किराको प्रकोप नियन्त्रण सहयोग गरे किसान अभारी हुने उनले बताए ।
जेटिएहरु ठूला – ठूला बगैचा रहेका किसानकोमा मात्रै पुग्ने गरेको र साना तिना बगैचा भएकोमा त्यति नपुग्ने गर्दा आवश्यक सल्लाह सुझाव पाउन नसकेको भुमप्रकाशले बताउँछ्न ।
स्थानीय जयबहादुर चन्दले बागचौरमा सुन्तलाको ब्यबसायिक खेती सुरु गरेका थिए । जस्ले बिगतमै ‘जन कल्यान नर्सरी’ दर्ता गरि सुन्तलाको ब्यबसायिक खेती सुरुवात गरेका थिए । जयप्रकाशको अनुशरण स्थानीय अग्रज किसान भरतनाथ योगीले गरे । योगी बागचौर – ८ का अग्रज किसान हुन । जस्ले गत बर्ष साढे ३७ लाखको सुन्ताल बचेका थिए ।
भुमप्रकाशलाई पनि सरकारले सुन्तलाको बजार भाउ तोकेर समयै बिक्री बितरण हुने वातावरण निर्माणमा ध्यान दिनुपर्ने ठान्छन् । त्यस्तै सुन्तला उत्पादनका दृष्टिकोणले जिल्लाकै पकेट क्षेत्र मानिने बागचौरमा चिस्यान केन्द्रपनि आवश्यक रहेको हुँदा त्यसमा पनि राज्यले ध्यान दिन जरुरी रहेको उनले बताए । ‘ कोल्ड स्टोर हुन्थ्यो भने हामी अहिले भण्डार गयिर अफ सिजमा पनि सुन्तला राम्रो मूल्यमा बिक्री गर्न सक्थ्यौं,’ भुमप्रकाशले भने ‘ किसानको उत्पादन बिक्री र बजार ब्यबस्थापनमा पनि राज्य सहयोगी हुनु पर्छ भन्ने लाग्छ ।’
बागचौर नगरपालिकाका कृषी शाखा प्रमुख घनश्याम केसी भने जलवायु परिवर्तनको असरका साथै किसानले जथाभाबी रुपमा बिरुवा खरिद गरि रोप्न थालेको हुँदा रोग तथा किरोको प्रकोश बढेको ठान्छन् ।
सिफारिस गरिएको ठाउँबाट बिरुवा ल्याइ रोपेमा केही मात्रामा रोग तथा किराको समस्या हल हुने बताउँछन् ।
समुन्द्री सतहदेखि एक हजारदेखि झन्डै १२०० मिटरसम्मको उचाइमा गर्मीका कारण हुने रोगहरु सेक्टर डिकलाइन, सेक्टर डिकलाइन , पिंक डिजिज जस्ता रोग तथा समस्याहरु सुन्तलामा देखिन थालेको उनले बताए । १५०० मिटर भन्दा माथि मात्रै सुन्तला रोप्नका लागि प्रोत्साहन गर्नुपर्ने केसी बताउँछन् ।
त्यस्तै किसानमा कुन समयमा गोडमेल गर्ने, मलदिने, कति बेला काँट छाँट गर्ने, सिंचाइ गर्ने, बिषादी दिने , कति बेला टिप्ने प्राबिधिक ज्ञान अली कम भएको हुँदापनि समस्या भइ रहेको उनले बताए ।