२०८१ बैशाख ७ गते शुक्रवार

उत्साह थप्न नसकेको काँग्रेसको जागरण अभियान (भिडियोसहित)


दाङ, जेठ ७ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा अध्यनरत रोल्पा जिल्लाका सुशिल वली मंगलवार तुलसीपुरमा भएको काँग्रेसको जागरण अभियानमा निकै पोखिए । नेपाली काँग्रेस जिर्ण अवस्थामा पुगेको तथा भुत्ते अवस्थामा पुगेको बञ्चरो जस्तै बनेको भन्दै उनले चिन्ता जाहेर गर्दै उनले भुत्ते बञ्चरो धारिलो बनाउने नेताको खडेरी रहेको बताए । वलीले जनजागरण अभियान वाट काँग्रेसलाई तेजिलो र धारिलो बनाउन कार्यकर्ता भन्दा नेतामा जागरण आवश्यक रहेको तर्क गरे ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कम्युनिष्ट सरकारका गलत कामको भण्डाफोर गर्न तथा टोल–टोल र गाँउ–गाउँबाट काँग्रेसलाई मजवुत बनाउने उदेश्यका साथ अभियान थालेको थियो । तर काँग्रेसले थालेको अभियानमा जनताको आकर्षण खासै देखिएन । जागरण अभियानले जागृत गर्न नसकेको वलीको भनाई छ ।

राष्ट्रिय जागरण अभियानले आम सर्वसाधारण त के, आफ्नै भातृ संगठनहरुमा समेत जागृती ल्याउन सकेको देखिएको छैन । वली जस्तै अन्य कतिपय काँग्रेसका कार्यकर्ताले नेपाल तरुणदल खै, नेविसंघ खै, नेपाल महिला संघ खै, दलित संघ खै ? भन्ने प्रश्न सोधेका थिए ।

भावना केसीले काँग्रेसका नेताहरुमा विद्यमान घमन्डले गर्दा पार्टी बर्वाद भएको बताइन । ‘त्यो घमन्डलाई पंछाएर मनमा आपसका विरुद्ध परेका गाँठोलाई राम्रोसंग फुकाएर ५० रुपैंयाको सावुन किनेर नेताहरु बसेर आपसमा धुनुहोस अनि बल्ल जनताको घर घरमा जागरण लिएर आउनुहोस त्यसपछि बल्ल तपाँई सफल हुनुहुन्छ,’ केसीले भनिन् । उनले जवसम्म नेताहरुले मनमा परेका गाँठो फुकाउँदैनन् तव सम्म जागरणको अर्थ नरहेको उनको धारणा थियो । अहमताले गर्दा त ठूलो कि म ठूलो भन्ने प्रवृति त्याग्न उनले नेताहरुलाई सुझाइन ।

पूर्व शिक्षक शंकर प्रशाद आचर्याले नेता निर्वाचनका क्रममा मात्रै गाउँघर जाने गरेको भन्दै त्यसले पार्टी र जनताको बीचको संवात टुट्न गई काँग्रेसको जग कमजोर बनेको बताए । ‘अहिले पनि काँग्रेसको विचारले हारेको छैन,’ आचार्यले भने ‘काँग्रेसकै लोकतान्त्रिक पद्धती अनुसार कम्युनिष्ट सत्तामा पुगेका छन् । कमजोरी सच्चाउन सके भोलि फेरि काँग्रेस अगाडि आउँछ।’ उनले बीपी एउटा विचार भएपनि काँग्रेसले उनको बीचारलाई प्रचार गर्न नसकेको तथा किसुनजी जस्ता साधकी नेताहरुको महत्व बुझाउन नसक्नु कमजोरी भएको धारणा राखे ।

भूमा चन्दले काँग्रेसका नेताहरु निर्वाचनको समयमा मात्रै गाउँमा आउने गरेको र त्यसभन्दा अघिपछि कार्यकर्तालाई भेट्न नजाने गरेको गुनासो गरिन । काँग्रेस गरिवको झुपडीमा जान नसकेको तथा उनीहरुमा आशाको संचार गर्न नसकेको उनले बताइन । योजना वद्ध तरिकाले कम्यिुनिष्टहरुले फैलाएको भए र संत्रासका अगाडि जुध्न् नसक्दा काँग्रेसले पराजय भोगेको सत्य हो ।

त्यसमाथि नेताहरुकै गुट उपगुटले काँग्रेस थिङथलो भएको छ । जागरण अभियान कार्यकर्ता भन्दा पहिला नेतालाई बढी आवश्यक रहेको मत कार्यक्रमका अधिकाँस बक्ताहरुले राखेका थिए । युवा तेजबहादुर डाँगीले अभियानले पार्टीले युवा र तन्नेरी साथीहरुलाई उत्साहित गर्न नसकेको टिप्पनी गरे । महिला शान्ता पाण्डेले पार्टीमा कामको मुल्याङकन हुन छोडेको तथा राम्रा भन्दा हाम्रालाई काखी च्याप्ने प्रवृतिले गर्दा पार्टी कमजोर बनेको बताइन ।

जागरण अभियानको एउटा सकारात्मक पक्ष भने यसपटक देखिएको छ । केन्द्रीय निर्देशन अनुसार जागरण अभियानमा दर्जनौ नेता कार्यकर्तालाई आसन ग्रहण, स्वागत र सम्मान गर्ने गलत प्रवृति भने रोकिएको छ । जागरण अभियानमा अधिकाँस समय कार्यकर्ताकै कुरा सुन्नु सकारात्मक पक्ष भएको धेरैले बताए ।

जागरणको अर्थ जागृत हुनु वा जाग्नु हुन हुन्छ । तर नेपाली काँग्रेसको जारी जागरण अभियानमा जनता भने जागेको भेटिएन । दाङ जिल्लामा जारी अभियान ल्याङल्याङे खालको मात्रै देखिएको कतिपय कार्यकर्ताले टिप्पनी गरे ।
मंगलवार तुलसलीपुर उपमहानगरपालिकाको मुटुमै आयोजित जागरण अभियानमा जम्मा उपस्थिति संख्या जम्मा ८० जति थियो मात्रै थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि त्यो मनतब्यकै क्रममा व्यक्त गरे । मंगलवारको त्यो अभियान ११औं कार्यक्रम थियो । नेता बस्नेतले भनेका थिए ‘आज मैले देखेका नयाँ अनुहार भनेका ११ जना मात्रै हो । बाँकी ५२ जना विभिन्न कार्यक्रमका दोहरीदै आएका पुरानै अनुहारहरु छन्।’ उनले आफुले सुनाउन चाहेको कुरा सुन्न बर्ग कार्यक्रममा नआएको र त्यहाँ आएकाहरुलाई त्यो सुनाउन आवश्यक नरहेको बताए ।

त्यस्तै उनले कार्यक्रममा उपस्थित हुनेहरुले पनि आँफुले बोल्न मात्रै चासो दिने गरेको तथा अरुले बोलेको सुन्ने चासो नदिने गरेको भन्दै अरुको कुुरा सुन्ने संस्कारको विकास गर्न आग्रह गरे । कार्यक्रम जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काको अध्यक्षता र केन्द्रीय प्रतिनिधि मोहनबहादुर बस्नेतको प्रमुख आथित्यमा भएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *