२०८३ भाद्र ४ गते बिहिवार

३०० मिटर तल खस्यो जेसिबी, चालकको मृत्यु


दाङ भदौ ४ ।
सुर्खेतमा बाटो मर्मत गरि रहेको एउटा जेसिबी ३०० मिटर तल खस्दा चालकको मृत्यु भएको छ ।
जिल्लाको बराहताल गाउँपालिका – ५ का ३३ बर्षीय रामप्रसाद लामिछानेको मृत्यु भएको जिल्लाका प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए ।

बिहीबार दिउँसो सवा १ बजेतिर बराहताल – ७ नयाँ वनस्थित भित्री सडक खण्डमा बाटो सरसफाइ तथा निर्माणको काम गरि रहेको भे १ ग १२७ नम्बरको जेसिबी झन्डै ३०० मिटर तल खसेको थियो ।
टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट पटक खेपेका उनलाई प्रहरीले उपचारको लागि कर्णली प्रदेश अस्पताल कालागाउँ पुर्‍याएको थियो । दिउँसो २ बजे तिर चिकित्सकले चेकजाँच पछि उनलाई मृत घोषणा गरेको बोहराले बताए ।
दुर्घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *