२०८३ भाद्र ३ गते बुधवार

सदुरपश्चिमका मूख्यमन्त्री भट्टले आज विश्वासको मत लिदै


दाङ, भदौ ३ ।


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता भट्ट नेकपा (एमाले) को समर्थनमा साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भट्टको सचिवालयका एक सदस्य शंकर भण्डारीका अनुसार बुधबार दिउँसो १ बजे विश्वासको मत लिने तय भएको बताए ।
प्रदेशसभा सचिवालयका प्रबक्ता लक्ष्मीप्रशाद जोशीले मुख्यमन्त्री भट्टले विश्वासको मत लिने तय भएको जानकारी दिए ।
भट्टले सोमबार सत्तासाझेदार दल नेकपा एमाले लगाएत संगको छलफलपछि विश्वासको मत लिने निर्णय गरेका थिए ।
उनले विश्वासको मत प्राप्त गरे पछि आँफु नेतृत्वको सरकारलाई पूर्णता दिने बारे गृहकार्यपनि जारी राखेका छन् ।
भट्टले आफ्नै दल नेकपा बाट अब ३ जना मन्त्री र २ जना राज्यमन्त्री थप्ने गृहकार्यमा जुटेको उनको सचिवालयका एक सदस्य भण्डारीले बताए । भट्ट नेतृत्वको सरकारमा हाल सत्तासाझेदार दल एमालेका ३ मन्त्री र १ राज्यमन्त्री छन् । एमालेबाट सन्तोषकुमारी शर्मा (थापा) सामाजिक बिकास, चक्रबहादुर मल्ल आर्थिक बिकास, दमनबहादुर भण्डारी भूमी ब्यबस्था, कृषी तथा सहकारी मन्त्री छन भने जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री छन् ।
विश्वासको मत प्राप्त गरेपछि आफ्नो मन्त्रीमण्डललाई पूर्णता दिने सोचमा भट्ट छन् । यद्यपी हालसम्म मन्त्रीमा पठाउने ब्यक्तिहरुको टुँगो लागि सकेको छैन ।
सुदुरपश्चिम प्रदेश सभाको सबै भन्दा ठूलो दल नेकपा हो । प्रदेशसभा सचिवालयका प्रबक्ता लक्ष्मीप्रशाद जोशीका अनुसार उस्का सभामुखसहित २२ सांसद छन् । तर, तत्कालिन नेकपा –एस) का समानुपातिक सांसद दीर्घ सोडारी भने निलम्बित छन् । पार्टी समायोजन पछि उनीपनि हाल नेकपामै छन् । सभामुख र निलम्बित सांसद सोडारीले मतदानमा सहभागी हुन पाउने छैनन् । त्यसैले हाल मतदान गर्ने संख्या २० मात्रै कायम छ ।
यहाँ नेपाली काँग्रेसका २० र एमालेका जम्मा १० सांसद छन् । त्यस्तै राप्रपाको १ जना सांसद छन् । अर्का एक जना भने गत फागुन २१ को प्रतिनिधिसभा सदस्य पदको चुनाव लडेर निर्वाचित भएका थिए ।
सदुरपश्चिममा बहुमतका लागि २७ जना सांसदको समर्थन चाहिन्छ । साउन ९ मा नेकपा र एमालेका बीचमा भएको सहमति अनुसार सुदुरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भए अनुरुप भट्ट मुख्यमन्त्री चयन भएका हुन ।
यहाँ नेकपा र एमाले सांसद मिल्दा आवश्यक बहुमत सहजै पुग्छ ।
यसअघिका मुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले अल्पमतमा परेपछि साउन २८ गते पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *