तुलसीपुर, भदौ ६ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीले लोकतन्त्रका लागि शंकाष्पद रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रेस युनियन दाङका संस्थापक सचिव समेत रहेका पोखेरेलले प्रधानमन्त्रीले संसदपनि छल्ने, सञ्चारमाध्यम पनि सम्बाद नगर्ने र स्वयं आफ्नै पार्टीको बैठक बस्दा उनि निजी भ्रमणमा निस्कने उनको व्यवहार लोकतन्त्रका लागि सकारात्मक संकेत नभएको टिप्पनी गरे ।
‘संसद, मिडिया र स्वयं आफ्नै पार्टीसँग पनि सात्क्षात्कार नगर्ने उनको शैलीले उनिको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा सन्देश पैदा गरेको छ,’ पोख्रेलले भने ।
साथै उनले कसैसंग सम्बाद नगर्ने प्रधानमन्त्रीको सामाजिक सञ्जालमा आउने स्ट्याटसको अब कुनैपनि पत्रकार र मिडिया हाउसले समाचार बनाउन नहुने उनले बताए ।
‘ लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीले स्ट्यास बाट संचार गर्न खोज्ने अबस्थामा मिडिया हुनु दूर्भाग्यपूर्ण हो,’ पोख्रेलले भने ‘अब मिडियाले पनि प्रधानमन्त्रीसँगको साक्षात्कार नुहँदै उनको भनाइलाई स्थान नदिने गरी सोच्नु पर्ने बेला भएको छ ।’
सरकारी सूचना र आफ्नो कुरा आमसञ्चारमाध्यममा नदिएर आफ्नो सामाजिक सञ्जालमा राख्नुले प्रधानमन्त्रीको प्राथमिकतामा मिडिया पर्दैनन् भन्ने सन्देश दिइरहेको बुझ्न सकिने पनि पोख्रेलले बताए ।
प्रेस युनियन दाङ शाखाका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको बैठकले युनियनको जिल्ला अधिबेशन भदौ १३ गते घोराहीमा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको बालेनको कार्यशैली लोकतन्त्रका लागि शंकाष्पद – बिपुल पोखरेल