२०७७ कार्तिक ६ गते बिहिवार

जमुनाहा नाका बेलुका ६ बजेपछि खुल्दै


बाँके, वैशाख २३ । नेपाल–भारत सीमा क्षेत्रको जमुनाहा नाका सोमवार बेलुकादेखि संचालनमा आउने भएको छ । बेलुका ६ बजेदेखि नाका खुल्ने भएको छ। भारतको उत्तर प्रदेशमा सोमवार भइरहेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले गत शनिबार (वैशाख २१ गते) साँझ ६ बजेदेखि सोमबार (२३ गते) साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।

निर्वाचन सुरक्षाका कारण नाका बन्द गरिएको थियो । त्यसले गर्दा जमुनाहबाट हुने दुई देश बीचको आवात जावात ठप्प हुँदै आएको छ । रुपैडिहा हुँदै नेपाल आउने र भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधनलाई प्रवेश गर्न दिइएको छैन । मानिस र सवारी साधन सीमा क्षेत्रमै रोकिएको छ । सोमवार भारतमा जारी मतदानका कारण पूर्णरूपमा आवागमन ठप्प पारिएको छ ।

यद्यपी यसअगाडि सम्म भने औषधी उपचारका लागि भारत पुगेका विरामी तथा उनका आफन्त र रोजगारीबाट फर्किने नेपालीलाई भने पैदल हिँडेर आउन दिइएको थियो ।

 

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *