२०८१ बैशाख २० गते बिहिवार

तुलसीपुर नगर जेसिजद्धारा निशुल्क स्वास्थ्य परिक्षण

तुलसीपुर,भदौ २१ । तुलसीपुर नगर जेसीजले श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रीकृष्ण मन्दिर दुधेनामा स्वास्थ्य सहायता कक्ष स्थापना गरि भक्तजनहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ।

तुलसीपुर भिमसेन मेट्रो अस्पताल दुधेनाको स्वास्थ्य प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। मन्दिरमा पूजाआजा गर्न पुगेका २ सय ५० भन्दा बढी भक्तजनहरुले सो अवसरमा स्वास्थ्य परिक्षण गराएका थिए।

तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथिश्रीकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा तुलसीपुर नगर जेसीजले संचालन गर्दै आएको सो कार्यक्रमले समाजमा एउटा सकारात्मक सन्देश दिएको बताए ।

उनले चाडपर्वमा सार्वजनिक स्थानमा यस्ता मानवताको सेवा मा समर्पित कार्यहरु गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा मेट्रो अस्पतालका निमित्त प्रमुख डा.मेघना नेपाल,तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा सदस्य तुल प्रसाद खराल,प्रादेशिक अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. हेमराज शर्मा,जनस्वास्थ्य निरिक्षक बिमल केसी, तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्षहरु झरेन्द्र खरेल,सुर्य प्रसाद शर्मा,बिमल पौडेल,दिपेश भण्डारी,मेघराज घिमिरे,मोहन सुनार,नारायण भट्टराई एवम् निवर्तमान अध्यक्ष केशवराज केसी,श्रीकृष्ण मन्दिर व्यवस्थापनका सदस्य मुक्तिप्रसाद न्यौपाने लगाएतको उपस्थिती रहेको थियो।

तुलसीपुर नगर जेसीजका प्रवक्ता एबम् सो कार्यक्रमका संयोजक बुद्धिराज सापकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल ,मेट्रो अस्पतालका निमित्त प्रमुख डा.मेघना नेपाल ,तुलसीपुर उपमहानगर पालिका वडा नं ८ का वडा सदस्य तुल प्रसाद खराल लगाएतले तुलसीपुर नगर जेसीजले गरेको कार्यको प्रसंशा गरेका थिए।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका वरिष्ठ सल्लाहकार बिमल वलीले आस्थापाठ गरेका थिए भने कार्यक्रमको सहजिकरण महासचिव सन्दिप भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *