दाङ, जेठ २१ ।
रोल्पामा बिहीबार बिहान बोलेरो जिप दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुई जना पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी छ ।
जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका बिहीबार बिहान ८ बजेतिर सहिद मार्ग अन्र्तगतको व्याङखोला माडी गाउँपालिका – २ घर्ती गाउँको व्याङखोला बाट बोलेरो जिप झन्डै ६०० मिटर मुनी खसेको छ । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा परेको बोलेरोमा जस्ता पाता, पाइप लगाएका सामाग्री फेला परेको छ ।
जिपमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थल व्याङखोला इलाका प्रहरी कार्यालय घर्ती गाउँदेखि झन्डै ४ किलोमिटर पूर्व दक्षिणमा पर्छ । जिल्ला प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुपनि घटनास्थल तर्फ पुग्दै छन् । घटनास्थल निकै भिरालो भएकाले गाडी नम्बर पनि खुली नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जनाएको छ ।
