दाङ, जेठ ३ ।
हिड्दा हिड्दै लडेका एक जना शाखा अधिकृतको मृत्यु भएको छ ।
सहकर्मी सगै बडीमालीका मन्दिर दर्शनका लागि जाँदै गरेका ५६ बर्षीया विश्वराज पन्थीको मृत्यु भएको छ ।
भैरहवा घर भएका पन्थी हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा लेखा अधिकृतका रुपमा कार्यरत थिए ।
लेखाअधिकृत पन्थी शनिबार बेलुका साढे ५ बजेतिर बाजुरा बडिमालीका नगरपालिका – ८ स्थित खारेको जंगलमा पुग्दा एक्कासी बेहोस भएका थिए । उनी साथीहरुको साथमा बैतडीस्थित बडिमालीका दर्शनका लागि जाँदै थिए ।
उनी एकाएक अचेत बनेपछि साथमा रहेका अन्य तीन जना सहकर्मीले तत्काल जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए । चिकित्सकले पन्थीलाई चेकजाँच पछि मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
बडिमालीका मन्दिर दर्शनका लागि पन्थी संगै अर्घाखाँची छत्रदेव गाउँपालिका – ७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उपसचिव ३४ बर्षीय शिवहरी न्यौपाने, ओखलढुंगाको लिखु गाउँपालिका – ९ घर भइ सोही कार्यालयमा कार्यरत शाखा अधिकृत ३२ बर्षीय जिवन घिमिरे , पर्वत मोदी गाउँपालिका – ५ घर भई सोही कार्यालयमा कार्यरत लेखापाल ३५ बर्षीय उमेश शर्मा साथमा थिए ।
प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार