दाङ, जेठ २१ ।
गोरु माथि नर्दही ब्यबहार गर्ने एक जना युवकलाई पक्राउ गरि प्यूठान प्रहरीले मुद्दा चलाएको छ ।
करिब ५ दिन अघि जिल्लाको गौमुखी गाउँपालिका – १ का ३६ बर्षीय जालिराम थापा मगरले आफ्नो खेत बारी जोत्दै गर्दा कालो रंगको एउटा गोरु बसेपछि त्यसमाथि निर्दही ब्यबहार पर्दशन गरेको भिडियो सार्वजनिक भएको थियो ।
जुन भिडियो मगर आँफैले आफ्नो सामाजिक संजालमा राखेका थिए । भिडियो भने उनका नाबालक छोराले खिचेका थिए ।
जोत्दा जोत्दै बारीमा बसेको गोरुको नाक र मुख माटोमा गाडीदिने, स्वास फेर्न नदिने, कुटपिट गर्ने जस्ता निर्दही ब्यबहार भिडियोमा देखिएको हुँदा प्रहरीले अनुसन्धान गरि मगरलाई बुधबार पक्राउ गरेको हो ।
जुन यतिखेर भिडियो सामाजिक संजालमा भाइरल छ ।
मगर माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशु पंक्षी प्रति निर्दही ब्यबहार कसुरमा मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्यूठानका प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार स्थानीय प्रशासनले मगरलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
