२०८३ जेष्ठ २५ गते सोमवार

भारतीयलाई नक्कली नागरिकता बनाउन सघाएको आरोपमा वडाध्क्षसहित चार जना पक्राउ

तुलसीपुर, जेठ २५ ।

भारतीय नागरिकलाई जालसाजी गरि नेपाली नागरिकता बनाउन सघाएको पाइएपछि दाङका एक जना वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

जिल्लाको राजपुर गाउँपालिका – ४ का वडाध्यक्ष रामेश्वर अहिर पक्राउ परेका हुन । उनले भारतीय नागरिक आलम जोल्हालाई नेपाली नागरिकता बनाउन मद्दत गरेको आरोप लागेको छ ।
वडाध्यक्ष अहिरले जोल्हा आफ्नो वडाको स्थानीय बासिन्दा भएको भन्दै नागरिकताका लागि सिफारिस गरि दिएका थिए ।
इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार यो प्रकरणमा वडा सचिव राजकुमार कहार, भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, कार्यालय सहयोगी मिना चौधरीपनि पक्राउ परेकी छिन ।
पक्राउ परेका सबैलाई जिल्ला अदालत बाट सोमबार म्यादथप भइ नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बमले बताए ।
झुटा बिवरण पेश गरि नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेम खवासपनि मुछिएका छन् । नागरिकतामा उनकै हस्ताक्षर छ । प्रहरीले खवासलाई पनि पक्राउ गर्ने तयारी गरेको छ । त्यस्तै अर्की एक जना भारतमा बिहे भइ गएकी भारतीय नागरिक पनि पक्राउ पर्ने छिन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *