२०८३ जेष्ठ २५ गते सोमवार

दंगीशरणमा किसानलाई अनुदानका कृषि उपकरण वितरण


तुलसीपुर, जेठ २५ ।
दाङको दंगीशरण गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
गाउँपालिका भित्रका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानलाई सोमबार गाउँपालिका अध्यक्ष शम्भु गिरीले कृषि उपकरण वितरण गरेका हुन ।

गाउँपालिकाले हरेक वर्ष किसानलाई आधुनिक खेती प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि सामग्री तथा उपकरण अनुदानमा वितरण गर्दै आएको छ।

आर्थिक वर्ष २०८३ /०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि शाखाबाट ६ लाख रुपैयाँ र हेफर इन्टरन्यासनल परियोजना बाट १० लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
१६ लाख गाउँपालिका र १६ लाख किसानको गरि कुल ३२ लाखमा उपकरण खरिद पछि वितरण गरिएको हो ।
टेन्डर प्रक्रियामार्फत खरिद गरिएका सामग्रीमध्ये २६ लाख २२ हजार २ सय १४ रुपैयाँ बराबरका कृषि उपकरण वितरण गरिएको हो ।
२० वटा मिनी टिलर, ५ वटा रिपर, ११ वटा च्याप कटर, ११ वटा २ इन्च मोटर डुबाउने पम्प र ७ वटा पानी बाहिर निकाल्ने मोटर वितरण गरिएको हो ।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *