२०८२ माघ ४ गते आइतवार

नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं,भदौँ १ । नेपालमा डेंगी संक्रमितको संख्या १५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकानुसार जनवरीयता अगस्ट १७ सम्म १५ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।

डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ । डेंगीबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन् । कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जना संक्रमित छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन् । पछिल्लो साता वाग्मती उपत्यकाका तीन जिल्लासहित धादिङमा संक्रमण बढिरहेको ईडीसीडीको तथ्यांकले देखाएको छ । धादिङमा डेंगी संक्रमितको संख्या एक हजार ७५६ पुगेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *