२०८१ फाल्गुन ६ गते मङ्गलवार

डेंगु नियन्त्रण गर्दै देउखुरी मोबाइल व्यवसायी संघ – सरसफाई अभियानसंगै औषधि छर्कने कामको सुरुवात


शिबराज खनाल,लमही,असोज ८ । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ ।

यसैलाइ मध्यनजर गर्दै दाङको देउखुरीमा देउखुरी मोबाइल व्यवसायी संघले तिब्र गतिमा फैलिरहेको डेंगु रोग नियन्त्रण गर्न सरसफाई अभियान चलाएको सुरुवात गरेको छ ।

संघले शनिबारको दिन डेंगु रोग फैलाउने लामखुट्टे बस्न सक्ने स्थान लमही बजारका गल्लि, नाली, घाँस पलाएको स्थान, पानी जमेको स्थानमा औषधि छर्किएको संघका संस्थापक अध्यक्ष भीम भुसालले जानकारी दिए ।

यो देश भर तीब्र गरिमा फैलिरहेको छ , यसलाई नियन्त्रणमा सबै ध्यान दिनु पर्छ – भुसालले भने ।

त्यस्तै संघका वर्तमान अध्यक्ष विजय सिंह ठकुरीले दिनहुँ जसो डेंगु रोगका बिरामी बढ्दै जानु सबैको लागि खतरा भएको बताए ।

बालबालिका देखि वृद्ववृद्वा सम्म जोखिममा रहेकोले हामीले पनि समाजका लागि केहि गरौँ र गर्नु पर्छ भन्ने संदेश दिनका लागि यो अभियान गरेको अध्यक्ष ठकुरीले बताए ।

आज हामीले अरुको मुख ताकेर बस्यौं भने महामारीले हामीलाई पनि छोड्दैन, त्यसकारण बेलैमा सबैले सजग भएर आफ्नो वरपर सरसफाईमा बिशेष ध्यान दिनु पर्छ भन्ने संदेश पनि दिएका छौं’- अध्यक्ष ठकुरीले भने ।

देउखुरी मोबाइल ब्यबसायी संघ ब्यापारी हरुको साझा संगठन हो तर संघले सामाजिक कामलाई निरन्तरता दिंदै आएको छ ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *