तुलसीपुर,असोज ७ । राप्ती बहिरा सघंले ५ औ सांकेतिक भाषा दिवसको अवसरमा तुलसीपुरमा सांकेतिक भाषा र बहिरा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सघंका अध्यक्ष रिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने सहभागीले बहिरा अपाङगता भएका ब्यक्तिहरुले पढ्न पाउने अधिकार सरकारले सुनिश्चीत गर्न नसकेको बताएका छन् ।
नेपालको संबिधान २०७२ मा उल्लेख गरिएको मौलिक हक कार्यान्वयन हुन नसक्दा समानताको अधिकार कुण्ठीत भएको बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बहिरा बिद्यार्थीहरुका लागि छात्रबास निर्माण गर्न ११ लाख बजेट बिनियोजन गरिएको तर जग्गाको सनिश्चिता हुन नसक्दा रातो कितावमा उल्लेख नगरिएको बताए ।
बहिरा बालबालिकाहरुको लागि छात्रावास निमार्ण गर्न उपमहानगरपालिका प्रतिबद्ध छ,खड्काले भने, तर त्यसका लागि जग्गाको शुनिश्चित हुन जरुरी छ ।
उनले जग्गाको शुनिश्चत भएलगत्तै भवन शिलन्यास गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राप्ती बहिरा संघका संस्थापक अध्यक्ष अजय शर्माले सांकेतिक भाषा अध्ययनका लागि राज्यले चासो नदिएको गुनासो गरे ।
त्यस्तैै जिल्ला समन्वय समितिका सह संयोजक चेतना चौधरीले प्रत्येक बिद्यार्थीले समानताको हक अनुसार पढ्न पाउने अधिकार सुनिश्चीत गरिनु पर्नेमा जोड दिए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले संबिधानको धारा १८को समानताको हक,धारा ३१ को शिक्षाको हक,धारा ३२को भाषाको हक प्रति सबै समक्ष आकृष्ठ गरे ।
माध्यामिक बिद्यालय अस्वाराका प्रधानाध्यापक हिरालाल न्यौपानेले कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने बिद्यार्थीको संख्या झण्डै ११५ जना रहेको जानकारी दिए । तर बिद्यालयले पाउनुपर्ने सुबिधा भने सुन्य रहेको भन्दै चिन्ता ब्यक्त गरे ।
उनले बिद्यालयमा कक्षा १ देखि ७ सम्म सांकेतिक भाषामा अध्यायपन गराउन सहज भएपनि कक्षा ८ देखि कक्षा १२ सम्म गणीत,बिज्ञान,अग्रेजी जस्ता बिषय अध्यायपन गराउने शिक्षकमा सांकेतिक भाषाको सिप नहुदा समस्या हुने गरेको बताए ।
राप्ती बहिरा सघंका निर्देशक प्रतिमा शर्माले राज्यले सांकेतिक भाषा जानेका शिक्षकहरुको व्यवस्था नगर्दा बहिरा बालबालिका शिक्षाबाट बञ्चित भएको गुनासो गरिन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का सदस्य दामोदर न्यौपाने, पत्रकार नारायणी रजौरे, नेपाल दलित युवा संघका केन्द्रिय उपाध्यक्ष खेमराज बिक, मानव अधिकार तथा शान्ति समाज दाङका सचिब अमृत प्रसाद शर्मा, नगर स्तरीय अपाङग सञ्जालका तिलसरा पुन,राप्ती बहिरा संघकी रुपा बिक लगायतले शुभकाना मन्तव्य व्यक्त गरेका थिए ।
सघंका उपाध्यक्ष रुपा विकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका कार्यक्रम संयोजक देवा डाँगीले गरेका थिइन् भने दोभासे स्मृति योगीले गरेकी थिइन् । दिबशका अबसरमा विभिन्न प्रतियोगिता सगै र्याली सहित बजार परिक्रमा समेत गरिएको थियोे ।