दाङ,साउन २९। नेकपा एमाले दाङले हापुरेमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ ।
एमाले दाङले आइतवार तुलसीपुरमा पत्रकार सम्मेलनगरी हापुरेमा सोमबार र मंगलबार जिल्लाभरका नेता र कार्यकर्तालाई प्रशिक्षण दिइने जनकारी दिएको छ ।
पत्रकार सम्मेलनमा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले दुइदिने प्रशिक्षणमा ४९९ जना नेता कार्यकर्ताको सहभागिता हुने जानकारी दिए ।
उनका अनुसार केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र सचिव छविलाल विश्वकर्माले प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणमा सहभागी भएकालाई स्थानीय कार्यकर्ताको घरमा राखिने एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार ‘एक घर स् दुइ पाहुना’को नीती अवलम्बण गरी कार्यकर्ता व्यवस्थापन गरिनेछ ।
प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार