२०८१ बैशाख २३ गते आइतवार

गरिबीकै कारण जातिय विभेद – उपमेयर स्यानी चौधरी

तुलसीपुर ,साउन २४ । स्थानीय तहका दलित महिला जनप्रतिनिधिका लागि दुईदिने तालिम तुलसीपुरमा सुरु भएको छ ।

स्थानीय सरकारको काममा सक्षम बनाउन तालिमको आयोजना गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सबै नागरिक सक्षम भए जातिय विभेद अन्त्य हुने विश्वास ब्यक्त गरिन ।

गरिबीकै कारण जातिय विभेद कायम रहेको भन्दै उनले दलित समुदायका नागरिक सक्षम नबन्दा विभेद अन्त्य नुहेने बताइन ।

वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीले पछिल्लो समय निर्णायक तहमा दलित समुदायको पनि प्रतिनिधित्व हुनुलाई राम्रो पक्ष मान्न सकिने तर्क गरे ।

तुलसीपुरकी पूर्व उपमेयर माया आचार्यले कोटामा मात्रै सीमित नभएर प्रमुख पदमा महिला आउनु जरुरी रहेको बताइन ।

दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्ष्यतामा कार्यक्रम भएको हो ।

कार्यपालिका सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव गंगा विश्वकर्माले गरेकी थिइन ।

तालिमको प्रशिक्षकमा दलित अधिकारकर्मी निर्मल नेपाली र साबित्रा बिश्वकर्मा रहेका छन् । तालिममा उपमहानगर भित्रका १९ वडाबाट २५ जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *