नेपालगन्ज,साउन १९ । जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट गाई काटिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी बाँकेबाट गाई काटेर भागबण्डा गर्दै गरेको भन्ने बिशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले १६० किलो गाईको मासुसहित नेपालगन्ज १७ थुकैलाबाट सोही स्थानका ५३ बर्षीय ओलीउद्दिन जोलाह र ४६ बर्षीय सलाउद्दिन जोलाहलाई रङ्गेहात पक्राउ गरेको बाँके प्रहरी प्रहरी प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
श्रावण १७ गते पक्राउ परेका दुबै जनालाई गौवध मुद्दा चलाई थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
बरामद गरिएको गाईको मासुलाई नष्ट गरिएको छ ।
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
