२०८१ कार्तिक १८ गते आइतवार

स्वास्थ्य राज्यमन्त्री केसीको पहलमा प्रादेशिक अस्पताल तुलसीपुरमा थप ८ वटा नयाँ डाइलाशिस मेसिन आइपुगे

तुलसीपुर,साउन १४ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप ८ वटा नयाँ डाइलाशिस मेसिन आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको लागि ८ वटा लाइलासिस मेसिन र पाँच वटा गोटा पेसेन्ट मनिटर पठाएको हो ।

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको पहल तथा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहको समन्वयमा डाइलाशिस मेसिन र मनिटर अस्पतालमा आइपुगेको जिन्सि शाखा प्रमुख रेश्मी अधिकारीले जाकारी दिए ।

केही दिनमा नयाँ डाइलाशिस मेसिन सेटअप गरेर थप सेवा दिने अस्पतालले तयारी गरेको छ । अहिले अस्पतालमा चारवटा डाईलासिस मेसिन सञ्चालनमा छन् ।

चारवटा डाईलासिस मेसिनबाट मासिक २३ जना मृगौला पीडित विरामीहरुले सेवा लिईरहेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *