दाङ, जेठ २४ । बाँकेको नेपालगञ्जमा ७० बर्षीया महिलाको हत्या गरेको अभियोगमा एक जना ३० बर्षे युवक पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोकी ७० बर्षीया लिलाबती गुप्तालाई कुटपिट गरि हत्या गरेको आरोपमा स्थानीय ३० बर्षीय कोईली भनिने शिबकुमार बढई पक्राउ परेका छन् ।
बाँके जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुधुसुदन न्यौंपानेका अनुसार गएराति ११ बजेतिर शिबकुमार बढईले लिलाबती गुप्तामाथि कुटपिट गरेका थिए ।
गुप्ताको पसलमा शिबकुमार नशालु पदार्थ सेवन गरि पुगेको र त्यही क्रममा समानको बिषयमा बिबाद गरि कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते गुप्ताको उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि शिबकुमार फरार भएका थिए ।
फरार शिबकुमारलाई खोजतलास गर्ने क्रममा प्रहरीले नेपालगञ्ज – १५ जमुनाहा नाकाक्षेत्रबाट पक्राउ गरेको जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी न्यौंपानेले बताए ।