२०८२ असार ७ गते आइतवार

वातावरण दिवसमा गिद्ध संरक्षण अन्तरक्रिया

तुलसीपुर, २१ जेठ । विश्व वातावरण दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका—३ डाडाखुट्टिमा आइतवार गिद्ध संरक्षण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

डाडाखुट्टिस्थीत संझना सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा आयोजना भएको कार्यक्रमलाइ सम्वोधनगर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले वातावरणमा जैविक शक्तिको व्यापक ह्रास भैरहेकाले यसमा गम्भीर हुन सरोकारवाला निकायहरुलाइ आग्रह गरेका छन् ।

पंक्षि संरक्षण संघको सहयोग तथा पर्यावरणिय दिगो विकाश अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि खड्काले ठुला औद्योगिक मुलुकहरुले उत्सर्जन गरेका हानिकारक ग्यासका कारण मानवजातीनै संकटमा फस्न थालेको बताए ।

‘पृथ्वीको तापमान दिनदिनै बढिरहेको छ, यसले पृथ्वीमा करोडौं जैविक शक्तिको नोक्सानी भैरहेको छ’, मेयर खड्काले भने । उनले वातावरण जोगाउने सन्दर्भ स्थानिय पालिकाको मात्र नभएर आम नागरीकको सहयोग अपरीहार्य रहेको पनि उल्लेख गरे ।

नागरीकहरु वातावरण जोगाउने सन्दर्भमा सवै सचेत हुनुपर्ने पनि मेयर खड्काको सुझाव थियो । अस्वाभाविक प्राकृतिक दोहन रोक्न तुलसीपुर उपमहानगरपालिका कटिवद्ध भएर लाग्ने पनि मेयर खड्काले बताए ।

त्यसैगरी प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्धहरुको संरक्षण गर्न पनि अहिले उत्तिकै आवस्यकता रहेको उनको अभिव्यक्ति थियो ।

पर्यावरणिय दिगो विकाश तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा पंक्षि संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले वातावरण दिवस र यसको सन्दर्भका विषयमा जानकारी गराउंदै वातावरणिय विनास रोक्ने र गिद्ध संरक्षण गर्ने सवालमा सवै सरोकारवाला निकाय सहकार्य गरेर अघि बढ्न पनि उनको सुझाव थियो ।

नेपालमा नौ प्रजातिका गिद्धहरु रहेको उल्लेखगर्दै नेपालीले गिद्धको आवस रहेका संबन्धित क्षेत्रका स्थानियबासी तथा वन उपभोक्ता समुहलाइ यसको संरक्षणमा सहकार्यगर्न पनि उनको आग्रह थियो ।

सरसफाइको व्यवस्थापन, रोग संक्रमणको व्यावस्थापन तथा धार्मिक एवं सांस्कृतिक रुपमा पनि अर्थपुर्ण भुमिकाका रुपमा रहेका गिद्धहरुको संरक्षण गर्न सवै सरोकारवाला निकायसंग सहकार्य गर्न संघ तयार रहेको पनि उनको अभिव्यक्ति थियो ।

संझना सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष ललीता वली केसीको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा इलाका वन कार्यलय तुलसीपुरका सहायक वन अधिकृत कमल पुन, संझना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष युवराज वली, पत्रकार भरत शर्मा, गोकर्ण पौडेल लगायतले गिद्ध संरक्षणको अभियानमा सवै सरोकारवाला निकायले सहकार्य गरेर अघि बढ्न सुझाव दिएका थिए ।

साथै स्थानिय सरकारले पनि गिद्ध संरक्षणका कार्यक्रममा साथ र सहयोग दिन आग्रह गरिएको थियो । कार्यक्रमको सहजीकरण मेनका शर्माले गरेकि थिइन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *