२०८१ माघ ३० गते बुधवार

कांग्रेस दाङले ग¥यो गाउँपालिका उपाध्यक्ष सहित ६ जनालाई कारबाहीको सिफारिस

तुलसीपुर,जेठ १८ । नेपाली कांग्रेसले दाङको बबई गाउँपालिकाका उपाध्यक्षलाई कारबाहीको माग गरिएको छ ।

कार्यपालिका सदस्यको निर्वाचानमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेर हराएको भन्दै कांग्रेसले गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का सहित ६ जनालाई कारबाहीको माग गर्दै कांग्रेस बबईले जिल्लामा सिफारिस गरेको हो ।

गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको ठहर गर्दै बबई गाउँपालिका उपाध्यक्ष खड्का सहित ६ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको माग गदै कांग्रेस बबईले जिल्ला कार्यसमिति दाङमा सिफारिस पठाएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेले जितेको थियो ।

जेठ १५ गते भएको बबई गाउँपालिको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित कांग्रेसबाट बिजयी जनप्रतिनीधीहरुले अर्को पार्टिका उमेद्वारलाई भोट हालेका भन्दै कांग्रेसका उम्मेदवारले आरोप लगाउदै आएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *