२०८१ मङ्सिर २९ गते शनिवार

नेपालगंजमा काँग्रेस मेयर उम्मेदवार बिष्टको चुनाबी अभियान

बाँके, बैशाख १८ । नेपालगन्जका महिला स्वास्थ्य स्वयमसेविकाहरुले काँग्रेस र जसपाबीचको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखलाई सहयोगको प्रतिबद्धता जनाएका छन ।

नेपालगन्जमा आयोजित महिला स्वास्थ्य स्वयमसेविकासंगको अन्तरक्रियामा उनीहरुले नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइलाई सहयोगको प्रतिबद्धता जनाएका हुन ।

महिला स्वास्थ्य स्वयम सेविकाहरुले आफुहरुले झेल्दै आएका समस्या समेत उम्मेदवारहरुमाझ राखेका थिए । त्यसक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयमसेविकाहरुले घर घरमा पुगेर स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गरिने बताए ।

उनले महिला स्वास्थ्य स्वयमसेविकाहरुका समस्याप्रति आफु गम्भीर रहेको भन्दै विजयी भए ती समस्यालाई सम्वोधन गरिने आश्वासन दिए ।

त्यस्तै उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइले स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्न र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न स्वयमसेविकाहरुको सेवा सुविधालाई बढाउनुको विकल्प नभएको बताए ।

उनले पनि उपप्रमुख पदमा निर्वाचित भए महिला स्वास्थ्य स्वयमसेविकाहरुको समस्या समाधानको प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *