२०८१ मङ्सिर २४ गते सोमवार

रुकुम पूर्वमा कतिले लिए उम्मेदवारी फिर्ता ?

तुलसीपुर, बैशाख १७। रुकुम पूर्वको भूमे गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका भिमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन ।

कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका ओलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

ओलीले उम्मेदवारी फिर्ता लिएपछि अब माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगल नेश्नल अर्गनाइजेसनका रतन पुनको मात्रै उम्मेदवारी छ ।

यहाँ यसअघि नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा चुनाबी तालमेल गर्ने प्रयास भएको थियो । त्यही भएर यहाँ कांग्रेसले उपाध्यक्ष पदमा पनि उम्मेदवारी दिएको थिएन । त्यसैले यहाँ उपाध्यक्ष पदमा भने एमालेबाट उम्मेदवारी दिएका कमानसिङ डाँगीको मात्रै उम्मेदवारी कायम रहेको छ ।
तर, अन्तिममा आएर गठबन्धन भित्रको माओबादीलाई समर्थन गर्दै ओलीले उम्मेदवारी फिर्ता लिएको स्रोतले बताएको छ । ओलीको उम्मेदवारी फिर्ता भएपछि माओबादीका श्रेष्ठलाई सहज भएको अनुमान गर्न थालिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *