२०८३ साउन ९ गते शनिवार

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदबाट राजीनामा


दाङ, साउन ९ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले झन्डै साढे ३ बर्ष पछि पदबाट राजीनामा दिएका छन् ।
सुरुमा तत्कालिन एकीकृत नेकपा माओबादी संगको गठबन्धन हुँदा मुख्यमन्त्री बनेका उनी तीन महिना नपुग्दै त्यो गठबन्धन भत्किएर नेपाली काँग्रेस संग गठबन्धन बनेपछि फेरि काँग्रेसको साथ समर्थनमा निरन्तर मुख्यमन्त्री बनेका थिए ।
नेकपा एमालेका नेतासमेत रहेका कँडेलले शनिबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन । अघिल्लो महिना मात्रै सत्ता प्रमुख साझेदार दल नेपाली काँग्रेसले यो प्रदेशमा एमाले संगको सम्बन्ध तोडेको थियो । असार ३१ गते काँग्रेसका चार मन्त्रीले एकै साथ राजीनामा दिएका थिए ।
भोलि पल्ट असार ३२ गते काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १६ जना सांसदले मुख्यमन्त्री कँडेलका विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जस्ले गर्दा कँडेल अप्ठेरोमा परेका थिए ।


कँडेल स्पष्ट अल्पमतमा परेपछि शनिबार दिउँसो ३ बजे मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको बैठक बसेको थियो । सोही प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन । उनी २०८० /१२/ २७ गते तत्कालिन समय एकीकृत नेकपा माओबादीको समर्थनमा तत्कालिन समय मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओबादी संगको गठबन्धन भत्किएर एमाले – काँग्रेसको गठबन्धन बनेपछि असारमा फेरि काँग्रेसको साथले निरन्तर मुख्यमन्त्री बनेका थिए ।
कर्णाली प्रदेशसभा ४० सदस्सीय छ । सबै भन्दा ठूलो दल नेपाली काँग्रेस हो । एक जना स्वतन्त्र सांसदले पनि काँग्रेसलाई समर्थन गर्दै आएको हुँदा काँग्रेसका १५ सांसद छन् ।
पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीका पनि १४ सांसद छन् । एमालेका १० जना, र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसद छन् । सरकार गठनका लागि २० जना सांसद चाहिन्छ । काँग्रेस र नेकपा मिले सरकार गठनका लागि स्पष्ट बहुमत पुग्छ ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *