
शंकर केसी, सल्यान, चैत्र २३ । शिशु तथा आमाको पोषण सुधारका लागि भन्दै सल्यानको कपुरकोटमा सुनौलो एक हजार दिनका महिलाहरुलाई अण्डा र सर्वोत्तम पिठो वितरण गरिएको छ ।
कपुरकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले एक सय ५० जना महिलालाई पोषणयुक्त खाने कुरा वितरण गरेको हो ।
नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरिरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको हो ।
एक ÷ एक क्यारेट अण्डा र एकरएक पोका सर्वोत्तम पिठो वितरण गरिएको वडा सचिव हिरा कुमारी वलीले जानकारी दिइन् ।
त्यस्तै वडा कार्यालयले आफ्नो वडाभित्रका महिला स्वास्थ्य स्वयमसेविकालाई पनि प्रोत्साहन गरेको छ । प्रोत्साहन कार्यक्रम अन्तर्गत १० जनालाई एकरएक थान झोला, डायरी र कलम वितरण गरिएको हो ।
महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका उनीहरुको सम्मान र प्रोत्साहनका लागि सामग्रिहरु प्रदान गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष मिनबहादुर सेनले बताए ।
मंगलबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडा अध्यक्ष सेनले सामग्री वितरण गरेका थिए ।