२०८३ असार २८ गते आइतवार

सल्यानमा भूमि आयोगको कार्यालय स्थापना

सल्यान,चैत २३ । सल्यानमा राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयसँगै भूमि आयोग जिल्ला कार्यालय स्थापना गरिएको हो ।

यसअघि पनि आयोग कार्यालय जिसससँगै थियो । तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग नै खारेज गरेपछि कार्यालय सञ्चालनमा थिएन् ।

अहिले नेपाली काँग्रेसका नेता बिर बहादुर सेजवाल जिल्ला भूमि आयोगको अध्यक्षमा मनोनित भएका छन । सरकारले आयोगको जिम्मेवारी दिएपछि उनले कामकाज सम्हालेका छन ।

भूमि आयोगको जिल्ला समितीमा बिज्ञ सदस्य एक र दुई जना सदस्य पनि मनोनित हुने छन् ।

भूमि आयोगको जिल्ला कार्यालयको मंगलवार स्थापना गर्दै जिल्ला अध्यक्ष सेजवालले सरकारको नीति नियम र कानूनको अधिनमा रही सल्यानका भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरिने प्रतिवद्धता व्यक्त गरे ।

आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराइने उनले बताए ।

जिल्लाको कालिमाटी क्षेत्रमा भूमिहीनको समस्या धेरै रहेको उनको भनाइ छ । यस्तै राप्ती लोकमार्ग क्षेत्रमा अव्यवस्थित बसोबासको समस्या रहेको उनले बताए ।

यसअघिको आयोगको जिल्ला समितीले गरेका कामहरुलाई समावेश गरेर गर्न बाँकी कामहरुलाई हामीले सम्पन्न गर्नेछौँ, छिटो भन्दा छिटो भूमीहिन नागरिकलाई पुर्जा सहितको भूमी उपलब्ध गराउनु हाम्रो लक्ष्य हो, यसमा कुनै भेदभाव हुदैन् उनले भने ।

नेपालको संविधानले भूमिहीनलाई जग्गा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेर काम गरिने जनाइएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले जिल्लाका बिभिन्न पालिकाहरुमा भूमि सम्बन्धि समस्या भएका धेरै नागरिकहरु भएकाले उनीहरुले महसुस गर्ने गरी जिल्ला कार्यालयले काम गर्नुपर्ने बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले भूमि सम्बन्धि समस्या समाधानको लागि जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए ।

यसअघि जिल्लाको कालिमाटी गाउँपालिका, त्रिबेणी गाउँपालिका लगाएतकाले भूमिहिनहरुको लगत संकलनको काम शुरु गरेका थिए ।

नापी कार्यालय सल्यानका नापी अधिकृत गोबिन्द उपाध्यायको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नापी कार्यालयका लेखापाल महेन्द्र बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *