तुलसीपुर,फागुन ३० । तुलसीपुरको फोहोर व्यवस्थापनका लागि मेसिन ल्याउने आश्वासन बाँडिएको छ । तुलसीपुरमा आयोजित एक कार्यक्रममा त्यस्तो आश्वासन बाँडिएको हो ।
फोहरको दिर्घकालिन व्यवस्थापन गर्न उपमहानगरपालिकाले क्लिन अफ नेपाल÷एरिया फाउन्डेशन नेपालको सहयोगमा मेसिन ल्याउन लागेको क्लिन अफ नेपालका रविन्द्र छामिछानेले बताए ।
सानो ठाउँमा पनि राख्न सकिने उक्त मेसिनको लागत झण्डै २० लाख पर्ने र मेसिनबाट उत्पादित प्रांगारिक उत्पादन गरिने लामिछानेले जानकारी दिए ।
मेसिन अबको एक÷डेढ भित्रमा आइपुग्ने उनले आश्वासन बाँडे । ‘अब उक्त फोहोरलाई मेसिनबाट प्रांगारिक मल उत्पादन गरि उपमहानगरपालिका भित्रकै कृषकलाई अनुदानमा वितरण गरिने छ,’ वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले भने ।
वडा नं. ६ का अध्यक्ष समेत रहेका लामिछानेका अनुसार उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न समिति गठन गरेको छ ।
फोहोरलाई मोहरमा बदल्न घर–घरमा पुगेर तथ्याङ्क संकलन गरि उक्त फाहोर वस्तुलाई प्रशोधन गरेर प्रांगारिक मल उत्पादन गरिने लामिछानेले बताए ।
तुलसीपुरबाट वार्षिक ७२ टन बढी फोहोर उत्पादन हुदै आएको छ । तर, कतिपयले आलोचकले भने यो आश्वासनलाई चुनाबी नाराको संज्ञा मात्रै भएको फरककोणलाई प्रतिक्रिया दिएका छन् ।